नुवाकोटका कैदी खुल्ला आकाशमुनि

२० आश्विन २०६९, शनिबार ०७:२६ मा प्रकाशित

त्रिशूली (नुवाकोट), १८ असोज । क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण जिल्ला कारागार नुवाकोटका बन्दी खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।
कारागारमा क्षमताभन्दा बढी बन्दी भएका कारण ४० जना पुरुष बन्दी दैनिक रुपमा खुल्ला आकाशमुनि दिनरात गुजारिरहेका छन् । कारागारमा कैदीको सङ्ख्या बढ्दै जाँदा ढुंगेमा रहेको कारागार भवन साँघुरो हँुदा भवनको बीचको खुला भागमा बन्दीले रात कटाइरहेका छन् । पानी परेको समयमा भने उनीहरूले मानिस हिँड्ने कोरिडरमा कोचिएर रात काटिरहेको कारागारका निमित्त जेलर गोविन्द श्रेष्ठले बताउनुभयो ।
क्षमताभन्दा बढी बन्दी रहँदा खानपिन, बसोवास र सीपमूलक काम गर्न समेत समस्या भएको कारागारले जनाएको छ । जम्मा ६५ जनाको क्षमता रहेको कारागारमा हाल झन्डै तेब्बर १५८ बन्दी छन् । तिनमा एक सय २८ पुरुष र २८ महिला छन् । महिला बन्दीका साथमा दुई नाबालकसमेत छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका