कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी

१३ मंसिर २०७८, सोमबार १५:५९ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताए । उनले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको जानकारी दिए । “नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ”, सहप्रवक्ता डा अधिकारीले भने, “तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौँ ।”

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर निगरानीलाई तीव्र पारेको छ । यस्तै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, सोको पनि निगरानी गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । ओमिक्रोन भाइरस नयाँ भएकाले यो कति दु्रतगतिमा फैलिन सक्दछ र यसले कस्तो असर पार्दछ भनेर अध्ययन हुन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

धनगढी । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको एक टोलिले धनगढीस्थित रेडक्रसलाई मोबाइल बस हस्तान्तरण गरेको छ । हरेक