पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प

१३ मंसिर २०७८, सोमबार ०९:३२ मा प्रकाशित

लिमा । पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन् । त्यस्तै, भूकम्पमा कम्तिम १० जना मानिस घाइते भएका छन् । भूकम्पपछि निरन्तर परकम्पन गइरहेका छन् ।

भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू सर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन् । भूकम्पले छिमेकी इक्वेडरमा पनि सामान्य क्षति पुर्‍याएको छ ।

भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो । सो क्षेत्रमा अमेजोनियाली आदिवाशी बसोबास गर्छन् । भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । भूकम्पपछि सडक भत्किएका छन् भने केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

सिड्नी । अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको