निजी विद्यालयको राष्ट्रिय मापदण्ड तयार

२० आश्विन २०६९, शनिबार ०७:२१ मा प्रकाशित

काठमाडौं, २० असोज । निजी तथा आवासीय (संस्थागत) विद्यालय जथाभाबी रुपमा सञ्चालन भइरहेको गुनासो आइरहेका बेला ‘संस्थागत विद्यालयको राष्ट्रिय मापदण्ड’ बनाउनका लागि एक कार्यदलले सिफारिस गरेको छ ।
शिक्षा विभागमा निर्देशक टेकनारायण पाण्डेको संयोजकत्वमा गत फागुनमा गठित नौ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन तयार गरेको कार्यदलका सदस्य तथा अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिनुभयो । प्रतिवेदनमा विद्यालयका भौतिक र प्राज्ञिक पूर्वाधारको निर्धारण गर्नुपर्ने र विद्यालयले विद्यार्थीलाई लिने शुल्क, पोसाक, बोकाइने पुस्तकको तौल तथा अन्य सुविधाबारे मापदण्ड तोक्नुपर्ने सुझाव दिएको छ ।
हाल काठमाडौँ उपत्यकामा करिब ४० किलोमिटर टाढासम्मबाट विद्यार्थी ओसारपसार गरिँदै आएकामा अबदेखि प्राथमिक तहका लागि बढीमा १० र माथिल्लो तहमा १८ किलोमिटरभन्दा परको सवारी दूरीबाट विद्यार्थी ल्याउन नपाइने तथा उपत्यकाबाहिरको हकमा प्राथमिक तहका लागि १५ र माथिल्लो तहका लागि २२ किलोमिटरको सवारी दूरी निर्धारण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । कार्यदलले कम्तीमा दुई प्रतिशत विद्यार्थी पनि विदेशी नहुने विद्यालयले नामको पछाडि अन्तर्राष्ट्रिय उल्लेख गर्न नपाउने व्यवस्था सिफारिस गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

आजको प्रमुख समाचार