डन्डीबियो प्रतियोगिता हुंदै

२० आश्विन २०६९, शनिबार ०७:१८ मा प्रकाशित

काठमाडौं, २० असोज । यही असोज २६ र २७ गते दशरथ रंगशालामा अन्तरक्याम्पस डन्डीबियो प्रतियोगिता हुने भएको छ । आयोजक मेघा स्पोर्टस् नेपालले जनाएअनुसार प्रतियोगितामा काठमाडौं उपत्यकाका १५ समूहले प्रतिस्पर्धा गर्ने छ । आयोजक संस्थाका अध्यक्ष गणेश भण्डारीले मुलुकको ‘राष्ट्रिय खेल’ डन्डीबियोप्रति सम्बन्धित निकायले चासो नदिएको र छैटौँ राष्ट्रिय खेलकुदमा पनि स्थान नदिएको गुनासो गर्नुभयो ।
कुनै बखत नेपालका राष्ट्रिय खेलमा डन्डीबियो र कपर्दीलाई लिइए पनि आधिकारिक घोषणा भने भएको थिएन । डन्डीबियो काठको खेल हो जसमा डन्डी र बियोका रुपमा काठका लामा र छोटा दुई टुक्राको प्रयोग हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाल भलिबल संघ (एनभीए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ । रेश्मा भण्डारीलाई बाहिर

काठमाडौं।सुरुआती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छिमेकी थ्री स्टारसँग अंक बाँड्न बाध्य भएको छ ।

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे