चिकित्सको लापरवाहीबाट विरामीको मृत्यु

२० आश्विन २०६९, शनिबार ०७:१४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही २० असोज । कपिलवस्तुको चन्द्र्रौटास्थित संजिवनी सामुदायिक अस्पतालमा चिकित्सको लापरवाहीका कारण एक विरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले शुक्रबार अस्पताल घेराउ गरेका छन् । डाक्टरकै कारण घटना भएको भन्दै आफन्त र स्थानियले अस्पताल घेरेका हुन् । सामान्य ज्वरो आएर अस्पतालमा उपचार गराउन आएका शिवपुर ४ बेलौतीका ७० बर्षिय टेकबहादुर पुनलाई जथाभावी सुई तथा औषधी दिंदा उनको तत्काल मृत्यु भएको भन्दै आफन्तले चन्द्रौटा बजार बन्द गराएका थिए ।
सामान्य ज्वरो आएर उपचारको लागि अस्पताल लैंजादा कार्यरत डाक्टरले तीनवटा सुई लगाएपछि बुबाको अवस्था गम्भीर भएको छोरा कृष्ण पुनको आरोप छ । सामान्य ज्वरोको उपचार गराउन छोरा संग अस्पताल पुगेका पुनलाई अस्पतालमा कार्यरत डा. पुष्पराज पौडेलले उपचार गरेलगत्तै उनको अवस्था गम्भीर बनेको थियो । बुबाको अवस्था गम्भीर बनेपछि डक्टर पौडेलले ३ वटा सुई लगाइदिएर घर जान भनेको र घर जाने क्रममा बाटोमै बुबाको मृत्यु भएको उनले बताए । सम्बन्धित डाक्टर फरार रहेका छन् । उपचारमा लापरवाही गरेका कारण पुनको मृत्यु भएको भन्दै स्थानिबासीले अस्पताल प्रशासन तथा डाक्टरलाई कारवाही हुनुपर्ने माग अघिसारेका छन् । चिकित्सकको लापरवाहीका अस्पताल परिसर तनावग्रस्त बन्दै गएपछि अप्रिय घटना घट्न नदिन व्यापक रुपमा प्रहरी तथा शशस्त्र प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले