अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

१२ मंसिर २०७८, आईतवार १४:०६ मा प्रकाशित

अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए ।

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो । संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए । सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो । तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो । उनीहरु सबै जना क्वारेन्टिनमा छन् ।

त्यस्तै, विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष

न्युयोर्क।रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहो-याएका छन् । युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा