मापसेको फन्दामा नायिका झरना

१९ आश्विन २०६९, शुक्रबार २२:२० मा प्रकाशित

मापसे अर्थात मादक पदार्थ सेवन गरेर सवारी चलाउनु निकै ठूलो चूनौती बनेको छ यतिबेला राजधानी काठमाडौँमा। सानो तिनो जमघटमै बोतल तेर्साइ हाल्ने नेपाली युवायुवतीले मापसे चेकिङबाट बच्न राती घर फर्कने आफ्नै मापसे रुट पनि नबनाएका होइनन्। तर पनि नेपाल प्रहरीका फुर्तिला जवानबाट मापसे गर्ने युवायुवतीलाई बच्न हम्मेहम्मे परिरहेको छ। सर्वसाधारण त मापसेको मारमा परे परे, सिनेमाका सेलिब्रेटी पनि मापसे चेकिङमा असफल बनेको थुप्रै समाचार मिडियामा आइसकेका छन्।
रंगीन दुनियाँका कलाकार राति अबेरसम्म खुलेरै मदिरापानमा डुब्छन् भन्ने आम मानिसको मात्रै नभएर प्रहरीको पनि ठम्याई छ। त्यसैले कलाकार भन्ने बित्तिकै राति सवारी चलाउनेहरू झन कडा चेकिङमा पर्ने गरेका छन्। यही क्रममा नायिका झरना थापा पनि केही दिन अघि मापसे चेकिङको फन्दामा परिन्। राति कतै कार्यक्रमबाट फर्किरहेकी उनलाई देख्ने बित्तिकै प्रहरीले रोकेका थिए। हिरोइनहरू मापसे गरेर बबाल मच्चाउन माहिर छन् भन्ने सुनेका प्रहरीले झरनालाई त्यस्तो नसोच्ने कुरै थिएन। त्यसैले उनीहरूले हत्त नपत्त पुरै बाटो छेकेर उनलाई केरकार गर्न थालि हाले। सुरुमा त आफू कलाकार भएको र मापसे गरेको छैन भन्दै झरना चेकिङबाट पन्छिन खोजिन्। तर प्रहरी किन मान्थे र, झरनाको कुरामा विश्वास नलागेर उनीहरूले ब्रेथलाइजर नै उनको मुखमा तेर्साए।
यस्तो दृश्य कुनै मिडियाले देखेर मापसे गरेको समाचार बनाउलान् भन्ने चिन्ताले पनि झरना आँत्तिइन्। भोलि मिडियामा के के समाचार आउने हो भन्ने त्रासले झरना चेकिङको क्रममा रातोपिरो बनेकी थिइन्। तर चेकिङ लगत्तै मापसे नाप्ने मेसिन ब्रेथलाइजरले जिरो देखाएपछि भने उनी ढुक्क हुँदै घर तर्फ लागिन्। मापसे चेकिङ गरिरहेको तस्वीर कसैले फेसबुकमा अपलोड गरिदिएपछि फेसबुक प्रयोगकर्ताबीच झरनाको उक्त तस्वीर चर्चाको विषय बनेको छ। सेलिब्रेटीको मापसे चेकिङको प्रसंगलाई रमाइलो मानेर फेसबुकमा सेयर गर्ने प्रतिष्पर्धा नै चलिरहेको छ। चेकिङको बारेमा धेरै कुरा बताए पनि कहाँ र कहिले चेकिङ भएको थियो त्यो भने अझै उनले खुलाएकी छैनन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान