अमेरिकी सांसदको टोली ताइवानको टापुमा पुगेपछि चिनियाँ सेनाको हवाई गस्ती

१२ मंसिर २०७८, आईतवार १३:२६ मा प्रकाशित

चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको हो । ताइवानलाई लिएर बेइजिङ र वासिंगटनबीचको तनाव बढिरहेको बेला अमेरिकाले गस्ती बढाएको हो ।

सो टापुमा हालै अमेरिकी सांसदहरुको एउटा समूह पुगेको थियो । ताइवानका अधिकारीहरुलाई सहयोगको बाचा गर्दै अमेरिकी सांसदहरुको एउटा टोली बिहीबार सो टापुमा पुगेको थियो । अमेरिकी टोलीले ताइवानको स्वतन्त्रताका लागि अभियान चलाएको बेइजिङले आरोप लगाएको थियो ।

त्यसको जबाफमा शुक्रबार चीनको सेनाले हवाई र सामुद्रिक गस्ती गरेको चीनको पूर्वी कमान्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अमेरिकी सेनाले देशको सार्वभौमसत्ता र क्षेत्रीय एकताको रक्षा गर्ने विज्ञप्तिमा जनाइएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकी सांसदहरुको भ्रमणको कडा शब्दमा विरोध गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष

न्युयोर्क।रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहो-याएका छन् । युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा