छुदा पनि सेक्सको अनुभव हुन्छ — भूमिका श्रेष्ठ, कांग्रेस महाधिवेश प्रतिनिधि (तेस्रो लिंगी अधिकारकर्मी)

१९ आश्विन २०६९, शुक्रबार २२:१८ मा प्रकाशित

तेस्रो लिंगी भनेको के हो?
हाम्रो समाजमा कि छोरा होस् भन्ने हुन्छ कि छोरी छोरी होस् भन्ने सोचिन्छ। तर केही व्यक्ति छोरा र छोरी भन्दा फरक हुन्छन्। उनीहरूको स्वभाव फरक हुन्छ। साधरण अर्थमा पुरुष र महिला भन्दा फरक नै तेस्रो लिंगी हुन्।
तेस्रो लिंगीहरूको चाहना के हुन्छ?
तेस्रो लिंगीहरू असामान्य व्यक्ति होइनन्। अरुकै जस्तै चाहना हुन्छन् ।
बिहे पनि गर्छन्?
हाम्रो देशको कानुनले मान्यता त दिएको छ। यस विषयमा अनुसन्धान भइरहेको छ । अरु जस्तै हाम्रो पनि कसैले कसैलाई मन पराउँछ। कतिपयले बिहे गरेरसँगै बसेको पनि छन्।
तपाईंचाहिँ बिहे गर्ने सोचमा हुनुहुन्छ कि हुनुहुन्न?
मैले अहिले बिहेको बारेमा सोचेके छैन। त्यसबारे पछि नै सोच्नुपर्ला । अहिले त म आफ्नो करिअर बनाउनतर्फ नै लागेको छु। हाम्रो पहिचान र अधिकारको लागि लड्दै आएको छ।
कोहीसँग माया बस्दैन?
बस्छ। विगतमा मेरो पनि थियो। त विगत सम्झन चाहन्न। अहिले चाहिँ कसैसँग त्यस्तो प्रेम छैन।
प्रस्ताव राख्दैनन्?
राख्छन्। कतिपयले केटी होला भन्ठानेर बिहेको प्रस्ताव राख्छन्। तर पछिल्लो समयमा भने म मिडियामा आएपछि चाहिँ धैरेले मलाई चिनिसकेका छन्।
त्यसरी केटाहरूले प्रस्ताव राख्दा के भन्नुहुन्छ?
म आफ्नो वास्तविकता बताइदिन्छु। कसैलाई ढाट्नु भनेको आफैंलाई झुक्याउनु हो।
कस्ता व्यक्तिहरूसँग आकर्षण हुन्छ?
केटाहरूसँग नै आकर्षण हुन्छ। तेस्रो लिंगीप्रति पनि आकर्षण हुँदैन र केटीहरूसँग पनि हँुदैन। केटाहरूप्रति मात्र प्रेमको फिलिङ हुन्छ।
अनि सेक्सको नि?
सेक्स त बायोलोजिकल निड नै भयो। सेक्सको चाहना त सबैलाई हुन्छ। केटाहरूसँग छुदैमा बोल्दैमा पनि हाम्रो यस्तो चाहना पूरा हुन्छ।
कत्तिको भेदभाद हुन्छ?
भेदभाव हुन्छ। छक्का, हिजंडा भनेर कतिले हेप्छन्। तर पहिलेजस्तो चाहिँ छैन।
कतिपय तेस्रो लिंगीहरू खुल्ला रुपमा यौन व्यवसायमा छन्् नि?
हामीलाई समाजमा हेला हुन्छ। तेस्रो लिंगी भनेर थाहा पाएपछि स्कुलबाट निकालिन्छ। घरमा नराम्रो व्यवहार हुन्छ। ब्लु डायमण्ड सोसाइटीले सबैलाई जागिर दिन सक्दैन। त्यसकरण धेरै जना बाँच्नका लागि यौन व्यवसायमा लागेका हुन्।
तपाईं त राजनीतिमा पनि लाग्नुभएको रहेछ?
हो। म लागेको छु। आफ्नो आजावलाई सशक्त रुपमा उठाउन सकिन्छ भनेर नेपाली कांग्रेसमा लागेको हुँ। कांग्रेसको महाधिवेश प्रतिनिधि छु।
फिल्म पनि त खेल्नुभएको रहेछ नि मोडल बन्ने चाहना हो?
हाइवे भन्ने फिल्म खेलेको थियो। फोटो सुटहरू पनि गराएको छु। फिल्म क्षेत्रमा सामान्य चाहना छ। तर, त्यस्तै धेरै भने छैन। तेस्रो लिंगीको ब्यूटी प्रतिस्पर्धामा पहिला जितेकाले पनि यो क्षेत्रमा थोरै लागेको छु।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो

एजेन्सी । हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो विवाहको तयारीमा जुटेकी छन् । उनले चौँथो विवाह ‘ब्याटम्यान’ अभिनेता बेन

काठमाडौं । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक

काठमाडौं । यसवर्षको मिस वर्ल्ड अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको छ । नेपालसहित संसारका दर्जनौं मुलुकका सुन्दरी विश्व सुन्दरी

आजको प्रमुख समाचार