यूएईलाई ठूलाे अन्तरले हराउनै पर्ने दबाबमा नेपाल

१२ मंसिर २०७८, आईतवार ०९:०४ मा प्रकाशित

काठमाडौं । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज (आईतबार) अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्देछ ।

दुबईमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि २० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

आईतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् ।

यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार

काठमाडौं । नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट ‘सजिलो पे’ले बेच्ने भएको छ । शनिबार र मंगलबार दशरथ रंगशालामा साँझ

काठमाडौं । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन् । शुक्रबार बिहानकाे खेलमा दुबै

काठमाडौं । इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीवार राति घरेलु मैदानमा इराकलाई