जोमसोममा बिमान सामान्य दुर्घटना, सवार सबै सकुसल

१९ आश्विन २०६९, शुक्रबार २०:४२ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, जोमसोम, (मुस्ताङ), असोज १९ गते । नेपाल एयर लायन्सको नाइन एन एबिटी टुइनेटर बिमान जोमसोम बिमान स्थलको ट्याक्सी वेबाट धावन मार्ग जानेक्रममा नर्मल ट्रयाकबाट मोडिने क्रममा दाया तर्फको मेन ब्हील नजानीदो किसीमबाट स्कीड भै सुक्रवारको नियमित उडान रद्ध भएको छ ।

बिहिवार मौसम खराबीका कारण जोमसोम बिमान स्थलमै रात बिताएको बिमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरि २२ जना लिएर पोखरा जाने क्रममा धावनमार्गमै रहेको ढलको दाया तर्फको छेउमा बिमानको दाया टायर करिब १ हात खसेको चालक योगेश हिराचनले बताउनु भयो । बिमानमा सवार सबैजना सकुसल रहेका छनभने बिमान समेत सामान्य अवश्थामा रहेको देखिन्छ ।

प्रत्यक्षदर्शी दिनेशलाल थकालीले भन्नु भयो ‘पोखरा जादै थियो दाया टायर खस्योे, भाग्य बस कसैलाई केहि भएन । करिब बिहान ६ बजेर ३७ मिनेटमा सामान्य दुर्घटना भएको नागरिक उड्यन कार्यालय जोमसोमका बरिष्ठ अधिकृत सूर्य बहादुर खत्रीले बताउनु भयो । यो एक्सीडेण्ट नभई सामान्य इन्सिीडेण्ट भएको चालक भोगेन्द्र कठाएतले बताउनु भयो ।

बिमानमा चालक योगेश हिराचन, चालक भोगेन्द्र कठाएत र परिचारिका मञ्जु राई समेत गरी २२ जना बिमानमा सवार भएको नेपाल एयरलायन्स जोमसोमका स्टेसन इन्चार्ज बिजय कुमार बस्नेतले बताउनु भयो ।

जहाजलाई पार्कीङमा ल्याउन ससस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बासीन्दा खटिएका थिए । बिमानलाई पोखराबाट इन्जिनियरको टोली आएर चेकअप गरी मर्मत गरे पछिमात्र उडान भरिने नेपाल एयर लायन्सले जनाएको छ । इन्जिनियरीङ टोली जोमसोम आएर बिमान परिक्षण कार्य थालिसकेको इन्जिनियर सोहनलाल श्रेष्ठले बताउनु भयो । केहि समय बन्द गरिएको बिमान स्थल तत्कालै सुचारु गरिएको थियो

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले