सरकार ढाल्ने आन्दोलनको नेतृत्व अब एमालेले लियो : खनाल

१९ आश्विन २०६९, शुक्रबार १८:०२ मा प्रकाशित

काठमाडौं, १९ असोज । बाबुराम भट्टराई नेतृत्वको सरकारलाई आन्दोलनबाटै फाल्ने निश्कर्षमा पुगेको नेकपा एमालेले शुक्रबार मुलुकभर प्रदर्शन गरेको छ । राजधानीमा शीर्ष र जिल्ला जिल्लामा केन्द्रीय र जिल्लास्तरका नेताहरुले सम्बोधन गरेका छन् ।उपत्यकाको मुख्य कार्यक्रमलाई अध्यक्ष झलनाथ खनालसहित शीर्ष नेताहरूले सम्बोधन गरे । रत्नपार्कबाट सुरु भएको एमाले जुलुस बागबजार, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा, पाकोन्युरोड, वसन्तपुर, नरदेवी, बांगेमुढा, असन, भोटाहिटी हुँदै खुल्लामञ्चमा पुगेपछि नेताहरूले सम्बोधन गरेका थिए ।
अध्यक्ष झलनाथ खनालले सरकारको बहिर्गमन नहुन्जेल एमालेको आन्दोलन जारी रहने बताए । भट्टराई सरकारको राजीनामा र सहमतिका लागि दबाब दिने पदर्शनको उद्देश्य रहेको उल्लेख गर्दै जनप्रदर्शनमा सम्बोधन गर्ने क्रममा खनालले एमाले नै मुलुकको पहिलो शक्ति भएको दाबी गरे । एमालेका मान्छे सकिए भन्नेहरुलाई रत्नपार्कमा आएर आँखा तन्काएर हेर्न उनले चुनौती दिए । खनालले सरकारविरोधी आन्दोलनको नेतृत्व आजैदेखि एमालेले गरेको उदघोष गरे । १० वर्षे माओवादी हिंसाले मुलुक आर्थिक टाट पल्टिएको उल्लेख गर्दै खनालले अब माओवादीको ब्रम्हलुटलाई टुलुटुलु नहेर्ने चेतावनी दिए ।जनाजति नेताको पार्टी परित्यागलाई हात्तीको जिउमा लागेको धूलोसँग तुलना गर्दै उनीहरु फर्केर आए फेरि माउते नै बताए र भने, ‘बहुजातीय प्रदेश पार्टीको राजनीतिक निर्णय भएको हो, राष्ट्रियताका विषयमा कसैसंग कुनैसम्झौता हुने छैन ।’
एमाले मोर्चा संगठनका संयोजकसमेत रहेका सचिव शंकर पोखरेलले विपक्षीहरूसँग जनमत छैन भन्ने सत्तारूढ दलको ध्वाँस चिर्न एमालेले शुक्रबार प्रदर्शन गरेको बताए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी