आज थप २१३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

११ मंसिर २०७८, शनिबार १६:३२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९०७ र एन्टिजेन विधिबाट १ हजार ७२५ जनामा परिक्षण गर्दा २१३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २० हजार ७२४ र एन्टिजेनबाट ९५ हजार ४६८ जना पुगेको छ ।

यस्तै, आज थप ३२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २ हजार ४७ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५२१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १५६ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको पाइएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा

काठमाडौं । नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ ।

महोत्तरी।कोरोना महामारीका कारण २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने, सभा, सम्मेलन, भोज आयोजना गर्न वा गराउन नपाइने जस्ता मापदण्ड जारी

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । चालु आर्थिक वर्ष २०७८ मा सम्पन्न