माइत हिंडेकी महिला १३ दिनदेखि बेपत्ता

१९ आश्विन २०६९, शुक्रबार १७:२७ मा प्रकाशित

काठमाडौं, १९ असोज । सिरहाको धनगढी गाविस ४ शान्तिपुरकी एक दलित युवती विगत तेह्र दिनदेखि बेपत्ता भएकी छिन्। राससका अनुसार आफ्नी श्रीमती सुष्माकुमारी राम सप्तरीको राजविराजबाट बेपत्ता भएकी भन्दै पति अधिकलाल मोचीले खोजबिनका लागि वडा प्रहरी कार्यालय लहानमा निवेदन दिएका छन्।
राजविराजस्थित युनिक एजुकेसनल एकेडेमीमा नर्सिङ सेवातर्फ प्रवीणता प्रमाणपत्र तहको तेस्रो वर्षमा अध्ययन गरिरहेकी करिब २० वर्षीया सुष्मा लहान १ स्थित माइतीमा पूजा छ भन्दै छात्रावासबाट निस्किएपछि बेपत्ता भएकी हुन्।
माइतीबाट बाबुले ‘पूजा छ, एक दिनका लागि पठाइदिनु होला’ भन्दै फोन गरेपछि असोज ६ गते छात्रावासबाट पठाइएको भन्ने जानकारी प्राप्त भएको एकेडेमीका प्रिन्सिपललाई उद्धृत गर्दै उनका जेठाजु प्रेम मोचीले बताए।
छात्रावासबाट माइत हिँडेकी युवतीलाई सिरहाको रामनगर मिर्चैया ५ का कृपाल महराका २१ वर्षीय छोरा शिवकुमार महराले बेपत्ता बनाएको हुनसक्ने पति अधिकलालले आशङ्का गरेका छन्।
बेपत्ता युवतीसँग करिब डेढ तोला सुन र रु २२ हजार नगद समेत रहेको बताइएको छ। सुष्माको २०६६ साल फागुन १४ गते अधिकलालसँग मागी विवाह भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना