सहमतिको प्रधानमन्त्रीमा आ–आफ्नै दावी

१९ आश्विन २०६९, शुक्रबार १४:०० मा प्रकाशित

काठमाडौ, १९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले सहमतिको सरकारको नेतृत्व सर्वसम्मत रुपमा नेपाली कांग्रेसबाट सभापति सुशील कोइरालाले गर्ने दाबी गरेका छन् । राजधानीमा शुक्रवार आयोजित साक्षात्कारमा उनले वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले नेतृत्वमा सहमति कायम गर्न नसकेको कारण निर्वाचित सभापति नै निर्विकल्प भएको बताए ।
उनले भने– ‘महाधिवेशनबाट निर्वाचित सभापतिको विकल्प छैन । उहाँकोजस्तो ब्यक्तित्व पनि अरुको छैन । त्यसैले उहाँको नाममा कुनै विवाद छैन । विवाद गर्नेहरुले न्यूनतम नैतिक मुल्य–मान्यता पनि भुलेका छन् ।’ उनले दलहरु छिटटै सहमतिमा नपुग्ने हो भने अन्तरिम संविधान प्राकृतिक रुपमै अवसान हुने चेतावनी दिदै त्यसबेला अहिले रहेका दल र नेताहरु बढारिने ठोकुवा गरे ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले सहमतिको सरकारको नेतृत्व अध्यक्ष प्रचण्डले लिने दाबी गरे । उनले भने– ‘शान्तिप्रक्रियाको नेतृत्व लिएको स्वर्गिय गिरिजाप्रसाद कोइरालापछिको शीर्ष नेता प्रचण्ड सहमति भए सरकारको नेतृत्व लिन तयार हुनुहुन्छ ।’ यद्यपि उनले सामान्य अवस्थामा भने प्रचण्ड प्रधानमन्त्री नबन्ने स्पष्ट पारे ।
उनले संविधानसभाको विघटनपछि पाँचबुँदे सहमतिको आधार ध्वस्त बनेकोले अब नयाँ आधारमा सहमति बन्दा जो पनि प्रधानमन्त्री बन्न सक्ने भन्दै काग्रेसले भत्किसकेको सहमतिको आधारमा नेतृत्व खोजेकोले कुरा नमिलेको दावी गरे । उनले शुक्रवार कांग्रेस सभापति र एमाओवादी अध्यक्षवीचको छलफलमा संविधानसभा पुनःस्थापना गरेर संविधान संसोधन गरेर निर्वाचनमा जाने विषयमा समेत छलफल भएको बताए ।
राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले सरकारको नेतृत्वको विषयमा दलहरुवीच सहमति बन्ने सम्भावना नरहेको दाबी गर्दै स्वतन्त्र ब्यक्तित्वको नेतृत्वमा निष्पक्ष चुनावी सरकार बनाउनु पर्ने बताए । उनले त्यस्तो सरकार बनाएर मुलुकलाई निकास दिन नसकिए राप्रपा नेपाल नेतृत्व दिएर मुलुकलाई निकास दिन तयार रहेको स्पष्ट पारे ।
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सहमतिको सरकारको नेतृत्वमा मधेसी मोर्चाले पनि दावी गर्ने बताए । उनले भने– ‘हामी राजनीति गर्न आएका हौं, सन्यासी बन्न आएका होइनौं । हाम्रो पनि दाबी रहन्छ ।’ यद्यपि उनले सहमतिको सरकारको नेतृत्व दलहरुको सहमति जुटाउन सक्ने ब्यक्तिले नै गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी