‘कम्युनिष्टविहीन नेपाल’ बनाउन निर्वाचन आयोगमा दल दर्ता

१९ आश्विन २०६९, शुक्रबार १३:५० मा प्रकाशित

काठमाडौं, १९ असोज । निर्वाचनको चर्चासंगै निर्वाचन आयोगमा दल दर्ता हुने क्रम बढिरहेका बेला कम्युनिष्टविहीन नेपाल निर्माण गर्ने भन्दै अर्को एउटा दल निर्वाचन आयोगमा दर्ता भएको छ । नयां दल दर्ताका क्रममा निर्वाचन आयोगमा दर्ता नंबर ११ र कपिलवस्तुका सिद्धार्थ गौतम सभापति रहेको उक्त पार्टीको नाम नेपाल रिपब्लिक पार्टी रहेको छ । कांगे्रस पृष्ठभूमिका सिद्धार्थ पहिले नेविसंघका नेता थिए । उनी बुद्धधर्म प्रवद्र्धनका लागि विशेष रूपमा सक्रिय हुंदै आएका युवा हुन् । नेपालका सांसद, सभासद तथा विभिन्न उच्च तहका व्यक्ति–व्यक्तित्वहरुलाई धर्मशाला पुर्याएर बौद्धधर्मगुरु दलाई लामासंग भेटघाट गराउने गरेको भनी चिनीयां समर्थकहरुले गौतममाथि बक्रदृष्टि राख्दै आएका छन् । तिब्बती शरणार्थीमाथि हुंदैआएको ज्यादतिका विरुद्ध प्रखर आवाज उठाउंदै आएका सिद्धार्थ गौतम नवगठित पार्टीको उद्देश्यमै शरणार्थीको मुद्दालाई प्रमुखताका साथ स्थान दिएको बताउंछन् ।
दिवंगत संविधानसभामा बैसठ्ठी प्रतिशत स्थान रहेका कम्युनिष्टलाई चुनौती दिंदै जन्मिएको उक्त दलले मानव अधिकार, बौद्ध प्रजातन्त्र, धार्मिक स्वतन्त्रता, पे्रस स्वतन्त्रता, वाक स्वतन्त्रता, सङ्गठन खोल्ने स्वतन्त्रता, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, शक्ति सन्तुलन र कानुनी राज्यको मूल्य–मान्यता व्यवहारमा उतार्न प्रयत्नशील रहने जनाएको छ । पार्टीको प्रस्तावनामा ‘बहुजन हिताय बहुजन सुखायलाई आदर्श मान्दै भगवान् गौतम बुद्धको शिक्षा र दर्शनमा आधारित रही प्रजातन्त्र, मानव अधिकार, पे्रस स्वतन्त्रता, स्वतन्त्र न्यायप्रणाली, धार्मिक स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता तथा परम्परागत धर्म–संस्कृतिको संरक्षण गर्दै कम्युनिज्मलगायत सबैखाले तानाशाही एवम् अधिनायकवादी व्यवस्थाको छायाबाट मुलुकलाई मुक्त गराउने’लगायतका कुराहरू उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले