अमेरिकालाई ताइवानसँगको सबै प्रकारका आधिकारिक अन्तरक्रिया तुरुन्त रोक्नचीनको आग्रह

११ मंसिर २०७८, शनिबार ११:४२ मा प्रकाशित

परराष्ट्र मन्त्रालयका प्रवक्ताले शुक्रबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न आग्रह गर्नुभएको छ।

केही अमेरिकी सांसदहरूको ताइवान भ्रमणले एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको प्रावधानको गम्भीर उल्लङ्घन गरेको उहाँको ठहर छ।

“चीनले यसको कडा निन्दा गर्दछ र दृढताका साथ अस्वीकार गर्दछ र यस्ता विषयमा अमेरिकी पक्षसँग गम्भीर हुन आग्रह गर्दछ,” उहाँले भन्नुभयो।

चीनको पुनर्मिलन इतिहासको एक अटुट प्रवृति भएको उल्लेख गर्दै झाओले केही अमेरिकी राजनीतिज्ञ र ताइवानका अधिकारीहरूले देखाएको अनाड़ी प्रदर्शन चीनको पुनर्मिलन प्रक्रियाबाट प्रभावित हुने र विश्वका १८० देशले प्रतिबद्ध रहेको अटूट परिदृश्यलाई कहिल्यै परिवर्तन गर्न नसक्ने टिप्पणी गर्नु भएको छ।

“ताइवान अधिकारीहरूलाई कडा चेतावनी: स्वतन्त्रता खोज्नको लागि विदेशी समर्थन खोज्ने र संयुक्त राज्य अमेरिकामा भर पर्न खोज्दा मृत्यु वा अन्त्य साबित हुनेछ ।” चीनको टिप्पणी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलमा मङगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । देशको सबैभन्दा ठुलो सहरसमेत रहेको इस्तानबुलमा

लण्डन । बेलायतमा कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइने भएको छ । अर्को महिना फेब्रुअरी ११ देखि

नयाँ दिल्ली।आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको

एजेन्सी । फ्लोरिडाको तटमा शनिबार राति एउटा डुंगा डुब्दा हराइरहेका ३९ जना यात्रुको खोजी कार्य तीव्र पारिएको अमेरिकाको तट रक्षक