ओबामा नै हामी इमिग्रेन्टहरुको हितमा काम गर्ने हितैषी हुन् – रोजर अधिकारी [नेपाली मुलका युवा राजनीतिज्ञ]

१९ आश्विन २०६९, शुक्रबार १३:३९ मा प्रकाशित

सन् असीको दशकमा अमेरिका पसेका रोजर अधिकारी अमेरिकामा स्थापित नेपाली नाम हो । नेपाली मुलका अगुवाहरूमा विचार, बुद्दी, क्षमता र राजनीतिक सहभ्गीताका हिसाबले समेत उहाँ अमेरिकामा स्थापित हुन सफल हुनुहुन्छ । अमेरिकी राजनीतिमा समेत आफ्नो उपस्थिति जनाउन सफल अधिकारीसंग हामीले नेपाली मुलका अल्पसंख्यक अमेरिकीहरु कसरि अमेरिकी मुलधारमा स्थापित हुन सक्छन भन्ने प्रश्न गरेका थियौं । प्रस्तुत छ हाम्रो प्रश्न र नेपाली मुलका युवा राजनीतिज्ञ रोजर अधिकारीको जवाफ ः

० नेपाली समुदायको अमेरिकामा कस्तो उपस्थिति छ ?
– पहिलो पुस्ताको नेपाली मुलका अल्पसंख्यक अमेरिकीहरु संख्याको गणना हेर्दा उपस्थिति देखिय पनि सामाजिक उपस्थिति छ भन्न सुहाउदो छैन । हामी हाम्रो उपस्थिति देखाउन असफल छौ, हाम्रो आर्थिक सामाजिक हैसियत अमेरिकामा छ भन्ने आधार छैन ।

० नेपाली समुदायको अमेरिकामा दर्बिलो उपस्थिति कसरि बनाउने ?
– अमेरिकामा दर्बिलो उपस्थिति बनाउन यहाँको समिजिक, आर्थिक र सैक्षिक गतिविधिमा सहभागिता जनाउनु जरुरि छ । उद्योग, ब्यापार र ब्याबसायमा सहभागिता जनाउनु जरुरि छ । यसको लागि नेपली संकीर्ण मानसिकता त्याग्नु जरुरि छ । अमेरिकी समुद्यामा घुलमिल र सहभागी हुनु जरुरि छ ।

० नेपाली समुदायको एजेन्डा के हान सक्छा जसले अमेरिकामा दर्बिलो उपस्थिति बनाउन सक्छ ?
– अमेरिकामा दर्बिलो उपस्थिति बनाउन नेपाली समुदायको एजेन्डा भनेको व्यक्ति वा समुदायलाई यहाँको समिजिक, आर्थिक र सैक्षिक हैसियत बनाउन योग्य बनाउनुनै मुख्य बिषय हो ।

० नेपाली समुदाय कसरि अमेरिकी राजनीतिको मुलधारमा सहभागी र समाहित हुन सक्छन ?
– दक्षता, रुची र क्षमताको आधारमा आफु बसेको अमेरिकी समुद्यामा सक्रिय सहभागिता जनाउनु पर्यो । आफुलाई अमेरिकी समुद्यामा कसरि घुलमिल गर्ने र यहाँ प्राप्त गरेको अबसर जस्तै यो समाजलाई दिने र सहभागिता जनाउने गरियो भने अमेरिकी राजनीतिको मुलधारमा सहभागी हुने बाटो बन्न सक्छ अर्थात् सजिलो हुन्छ ।

० नेपाली समुदाय अहिले पनि मूल देशको सामाजिक र राजनीतिक प्रभावमा छन् नि ?
– मुख्य चुनौतिनै यहि हो । नेपाली समुदायका अगुवा र संघ संस्थाहरुले अहिले सम्म नबुझेको र बुझ्नु जरुरि कुरा भनेको अमेरिकाको सिक्षा, स्वास्थ्य, र सामाजिक जिबनसंग समाहित हान नसकेको कारण नेपाली समुदाय पछाडी परेको छ र हाम्रो मानसिकता मूल देशको सामाजिक र राजनीतिक प्रभावमा छ त्यो मानसिकता बाट मुक्त हान सक्नु पर्यो त्यसको लागि नेपाली समुदायका अगुवा र संघ संस्थाहरु पूर्ण रुपले जिम्मेवार छन् । हुनत तारा निरौला र अम्बिका अधिकारी जस्ता उदाहरण दियन सकिने अगुवाहरु जसको व्यक्तिगत प्रयास प्रसंशनीय छ तर नेपाली समुदायलाइ अघि बढाउने हो भने हामी अमेरिकन हौँ भन्ने भावना बिकाश गर्न नेपाली समुदायका संघ संस्थाहरु आजै बाट लाग्नु पर्छ ।

० कसरि इन्ट्रीगेट गर्नेत नेपाली समुदायलाई अमेरिकी मुलधारमा ?
– यसका लागि नेपाली समुदायका संघ संस्थाहरुले नेतृत्वदाई भूमिका निर्बाह गर्नु पर्छ । तर फेरी समस्या त्यहि आउँछ कि नेपाली समुदाय अहिले पनि मूल देशको सामाजिक र राजनीतिक प्रभावमा छ । यसको लागि एनआरएन एउटा साझा फोरम हुन सक्छ जसले नीति तय गरेर समन्वय गर्दै नेतृत्व गर्न सक्छ ।

० अल्प संख्यामा रहेका नेपाली समुदायको हितमा यहाँको कुन राजनीतिक दल उपयोगी हुन सक्छ ?
– मान्छेका आफ्नै सोच हुन्छन, विचार हुन्छन । फरक फरक सोच राख्ने मान्छेहरुलाई एउटा दल बिशेषले सम्बोधन गर्न सक्छ भन्नु भन्दा पनि हामी अल्प संख्यामा रहेकाहरुका सिक्षा, स्वास्थ्य र रोजगारको हितमा काम गर्ने दल कुन हो जान्नु र बुझ्नु जरुरि छ । म डेमोक्र्याट हुँ र हामी इमिग्रेन्टहरुका हितमा र यस्ता मुद्दामा डेमोक्र्याट उपयुक्त दल हुन सक्छ ।

० अल्प संख्यामा रहेका नेपाली समुदायको हितमा आसन्न राष्ट्रपतिको निर्बाचनका डेमोक्र्याट उम्मेदबार ओबामा कि रिपुब्लिकन उम्मेदबार रम्नी ?
– इमिग्रेन्टहरुको साझा मुद्दा सिक्षा, स्वास्थ्य र रोजगारमा सहज र सुलभ पहुँच निर्माण गर्ने डेमोक्र्याट उम्मेदबार ओबामानै अल्प संख्यामा रहेका नेपाली समुदायको हितमा काम गर्ने व्यक्ति हुन सक्छन जसलाई भोट दिनु उपयुक्त हुन सक्छ ।

० अल्प संख्यामा रहेका नेपाली समुदायलाई यहाँ के भन्नु हुन्छ ?
– मूल देश नेपाल छाडी सक्दा पनि नेपाली मानसिकता त्याग्न नसक्नु अल्प संख्यामा रहेका नेपाली समुदायको कमजोरी हो जसको कारण हामी यहाँको मुलधारमा समाहित हुन सकिरहेका छैनौ । बुझ्नु जरुरि छ अमेरिकी समुदाय र यहाँको नीति नियमले हाम्रो जीवनको प्रत्यक पल प्रभावित हुन्छ र हाम्रा आउने दर सन्तानको भबिष्य पनि । अमेरिकी समुदायसंग घुलमिल हुन सकेनौ भने राजनीतिक र सामाजिक रुपले हामी अझै पछी पर्छौ । मेरो अनुरोध हामी नेपालको सुभेक्षा जाहेर गरन सक्छौ तर यहींको मुलधारमा संहित हुदै हामी अमेरिकन हौँ भन्ने भावनाका साथ् नेपाली समुदाय र यसका हितमा क्रियाशील संघ सस्थाले अबिलम्ब काम गर्नु जरुरी छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको