कांग्रेस उपसभापतिमा इवन राईले पाए ‘पपुलर’ मत

११ मंसिर २०७८, शनिबार ११:३३ मा प्रकाशित

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर रहेका राई कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट पपुलर मत सहित उपसभापतिमा निर्वाचित भएका हुन् ।

एकै प्यानलमा सभापतिमा विष्णुकुमार राईले ६ सय ६९ मत ल्याउँदा इवनले सात सय ५३ मत पाए । ‘तपाईको विश्वास र विचारले सिञ्चित एक-एक मत मेरो लागि कठिनभन्दा कठिन यात्राको लागि ऊर्जा हुनेछ ! पार्टीप्रति थप जिम्मेवार र क्रियाशील रहँदै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास दिलाउन चाहन्छु,’ नवनिर्वाचित उपसभापति राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समाज र पार्टी बदल्ने महान अभियानमा तपाईको सहयात्राको अपेक्षा गर्दछु ।’

हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका राईले राजनीति सुरु २०६० सालदेखि पार्टी राजनीति थालेका हुन् । २०६७ मा जिल्ला कार्य समिति सदस्य, संगठन विभाग प्रमुख हुँदै २०७२ मा क्षेत्रीय सभापति निर्वाचित भएका थिए । फिल्डमा बसेर नेता तथा कार्यकर्ताको मन मस्तिष्कमा बस्न सकेकै परिणाम आफूलाई लोकप्रीय मत प्राप्त भएको नवनिर्वाचित उपसभापति राईले बताउँछन् ।

‘फिल्डमा बसेर काम गरियो । पार्टीभित्रको मतभेद र अन्तर्द्वन्द्व व्यवस्थापन गर्दै पार्टीलाई एकाकार पार्नमा भूमिका रह्यो । घात-अन्तर्घातको समस्याले अलग-अलग भएका नेतालाई एक ठाउँमा ल्याउन भूमीका निर्वाह गरेँ,’ राईले भने, ‘युवा परिवर्तन चाहन्छ । नवीन सोच र बिचार भएको नेतृत्वको उपस्थिति चाहन्छन् । पुरानो पुस्ता र नयाँ पुस्तालाई मिलाएर लैजान भूमिका खेलेका कारण पनि नेता तथा कार्यकर्ताको मन मस्तिष्कमा बस्न सफल भएँ भन्ने लाग्छ ।’

राईकै प्यानलका अर्का उपसभापति तीर्थराज भट्टराई दोस्राे र सचिव समिर राईले तेस्राे पपुलर मत पाएका छन् । यस्तै, संघीय महाधिवेशन प्रतिनिधिमा इच्छुराम राना सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । रानाले ६ सय ४४ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर। राष्ट्रिय सभा सदस्यअन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ । निर्वाचन हेटौंडा-८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान

काठमाडौँ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी्र)का माधवकुमार नेपालले राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरेका छन् । बुधबार

काठमाडौं । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको पाइएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा