ओली पदाधिकारी व्यवस्थापनमा, नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव !

सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ ।
११ मंसिर २०७८, शनिबार ११:२९ मा प्रकाशित

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ ।

सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ ।

शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने भएका छन् ।

ओली बसेकाे हाेटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै छ । जसकारण बन्दसत्र अझै लम्बिने देखिएकाे छ ।

शनिबार बिहान १० बजे सेभन स्टारमा सुरू हुने भनिएको बन्दसत्र साढे ११ बजिसक्दा पनि सुरू भएको छैन । प्रतिनिधिहरू सबै ओलीलाई कुरिरहेका छन् ।

हिजो पनि ८ बजे केन्द्रीय कमिटी बोलाएर ओली राति ११ बजे पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सुरुवात गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका

मकवानपुर। राष्ट्रिय सभा सदस्यअन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ । निर्वाचन हेटौंडा-८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान

काठमाडौँ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी्र)का माधवकुमार नेपालले राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरेका छन् । बुधबार

आजको प्रमुख समाचार