ललितपुर कांग्रेसमा चित्रकार, श्रेष्ठ र महर्जनबीच कडा प्रतिस्पर्धा, पहिलो चरणमा परिणाम नआउने

११ मंसिर २०७८, शनिबार ११:०८ मा प्रकाशित

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

ललितपुर कांग्रेस सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको थियो । जसअनुसार पूर्वसभासद् रामकृष्ण चित्रकार, तरुण दलका नेता मिनकृष्ण महर्जन र जितेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

चित्रकारको सभापतिसहित छुट्टै प्यानल छ । तर, महर्जन र श्रेष्ठको भने सभापतिमा मात्रै छुट्टै प्यानल छ । बाँकी पदाधिकारी र सदस्यमा दुवैको समान उम्मेदवार छन् ।

चित्रकारलाई वर्तमान सभापति मदन अमात्य, पूर्वसांसद चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको साथ छ ।
उता, महर्जनलाई कांग्रेस नेता उदयशमशेर राणा, तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतको समर्थन छ । श्रेष्ठलाई प्रकाशमान सिंहको समर्थन छ ।

तीनजना उम्मेदवार उत्तिकै सशक्त रहेकाले पहिलो राउन्डमै नतिजा नआउने र दोस्रो चरणमा चुनावमार्फत परिणाम आउने कांग्रेस नेताहरू बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार