कांग्रेस तेह्रथुम महासमिति सदस्यमा ११ जना सर्वसम्मत छानिए

११ मंसिर २०७८, शनिबार १०:३१ मा प्रकाशित

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न ।

जिल्ला अधिवेशनबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधिबाटै सदस्यहरू छनाेट भएका हुन् । महासमिति सदस्य छनाेट हुनेमा तुसली सुब्बा, गणेश बिमली,अर्जुन माबोहाङ, सन्तोष सुब्बा, टेकराज तिगेला, विजय सम्बाहाङ्फे, रामकृष्ण लकान्द्री, केशव भेटुवाल, बसन्ती गुरुङ, राधा प्रधान र शारदा काेइराला रहेको जिल्ला सचिव विपीन निङलेकुले जानकारी दिए ।

जिल्लाको ४३ वटै वडाह र ६ पालिका सर्वसहमत नेतृत्व चयन गरेको कांग्रेस तेह्रथुमले निर्वाचन क्षेत्र प्रदेश सभा र जिल्ला अधिवेशन निर्वाचनद्वारा नेतृत्व चयन गरेको थियो । प्रदेशसभा र जिल्ला पनि सर्वसहमत नेतृत्व चयनमा जुटेको कांग्रेस तेह्रथुम कार्यसमिति निर्वाचनबाटै चयन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार