भक्तपुरमा फेरि पनि थापा र कवेबीच सभापतिका लागि प्रतिस्पर्धा

११ मंसिर २०७८, शनिबार १०:२९ मा प्रकाशित

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ ।

भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको छ । १३औं महाधिवेशनमा पनि थापा र कवेबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन पक्षका थापाले प्रकाशमान सिंह निकट कवेलाई पराजित गरेका थिए ।

वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा संस्थापन र इतर पक्षको बराबरी प्रतिनिधि चयन भएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि दुवै पक्षका बराबरीजसो निर्वाचित भएकाले सभापतिमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार