बन्द उद्योग खुलाउन आमरण अनसन

१९ आश्विन २०६९, शुक्रबार १३:३२ मा प्रकाशित

वीरगन्ज, १९ असोज । वीरगञ्ज चिनी काराखना र कृषि औजार कारखना सञ्चालनको माग गरेर विभिन्न राजनीतिक दल अवद्ध केन्द्रीय नेताहरुले पर्सा जिल्लामा आमरण अनशन शुरु गरेका छन् । सरकारी स्वामित्वका दुबै उद्योगहरु राजनीतिक हस्तक्षेप र गलत व्यवस्थापनका कारण झण्डै एक दशकदेखि बन्द रहेका छन् ।
संघर्ष समितिका संयोजक किशोर पटेलसमेत तराई मधेस लोकतान्त्रिक पार्टीका सह–महामन्त्री जितेन्द्र सोनल, संघीय सद्भावना पार्टीका सह–महासचिव शिव पटेल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य करिमा बेगमलगायतका नेताहरु वीरगञ्जको घण्टाघर चोकमा आमरण अनशनमा बसेका छन् । समितिले तेश्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबारदेखि आमरण शुरु गरेको हो । पहिलो र दोश्रो चरणको आन्दोलन गर्दा समेत दुबै कारखाना सञ्चालनमा सरकारले ठोस पहल नगरेको भन्दै आमरण अनशन शुरु गरिएको तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले जानकारी दिए । बन्द उद्योग सञ्चालन गर्ने सरकारी निर्णय नहुँदा सम्म अनशन जारी रहने उनले जनाए ।
विगत एक दशक देखि बन्द रहेको सरकारी स्वामित्वका वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनको माग गरेर भदौ २१ गते देखि उनीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण