कुर्सी बचाउन भट्टराईले विदेशी शक्तिसंग सम्झौता गरे : विप्लव

१९ आश्विन २०६९, शुक्रबार १३:१२ मा प्रकाशित

चन्द«कान्त खनाल, रुपन्देही, असोज १९, नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टी तत्काल युद्धको पक्षमा नरहेको बताएका छन् । उनले राष्ट्रिय स्वाधिनता र जनताको अधिकारलाई दमन गर्न खोजेमा आफ्नो पार्टीले हतियार उठाउन पनि पछि नपर्ने चेतावानी
दिएका छन् ।
राष्ट्रिय जनस्वयमसेवक संगठनको प्रथम अवध राज्य भेलाको बुटवलमा उदघाटन गर्दै चन्दले सो कुरा बताएका हुन् । उनले आफुहरुले शान्तिपुर्ण तरिकाबाट परिर्वतन चाहेको बताउदै त्यसको कुनै सुनुवाई नभए आफुहरुले फेरी १० बर्ष युद्ध गर्न पनि पछि नर्पने चेतावनी दिए । ३ दल र मधेशी
मोर्चाको मात्र सहमति राष्ट्रिय सहमति हुनै नसक्ने बताउदै बिगठित संबिधान सभामा प्रतिनिधित्व गर्ने सम्पुर्ण दलहरुको सहमतिबाट समस्याको समाधान निकाल्नृुपर्ने उनको ठहर छ । प्रधानमन्त्री बाबुराम भट्टराई र प्रचण्डले जनमुक्ति सेनाहरुलाई धोका दिएको बताउदै उनले जनमुक्ति सेना बिर्सजन भएको घोषणा गरे त्यसै दिन आफुहरुले अर्को सेनाको निमार्ण गरेर देखाइदिने दाबी गर्रे । प्रधानमन्त्री तर्फ लक्षित गर्दै चन्दले आफ्नो कुर्ची बचाईराख्नको लागि प्रधानमन्त्रीले भारतसंग बिभिन्न राष्ट्रघाती सन्धी सम्झौता गरेको आरोप लगाए । उनले मुलुृकको समस्या समाधानको अन्तिम बिकल्प भनेको नै गोलमेचसभा भएको बताउंदै चन्दले त्यसमा सम्पुर्ण दल सहभागि भई सहमति निकाल्न जरुरी रहेको बताए । संविधानसभाबाट संबिधान नबनाई बिगठित गर्ने प्रमुख दोषी प्रचण्ड र बाबुराम भट्टराई रहेको आरोप उनको छ । उनले आफुहरुकले भारतीय गाडी रोकेर भारतसंग युद्ध
गर्ने पक्षमा नरहेको बताउदै दुई देश बिचको समानता चाहेको स्पष्ट पारे । उनले नेपालका लागि आवश्यक पर्ने सामाग्री ओसार पसारको लागि नेपालमा प्रयाप्त गाडी भएकोले आफुहरुले त्यसमा रोक लगाएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका