देशभर चिसो बढ्यो : तराईमा तुवाँलो, आज यी क्षेत्रमा वर्षाकाे सम्भावना

११ मंसिर २०७८, शनिबार ०८:२२ मा प्रकाशित

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्रीसेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस २.८ डिग्री रहेकाे छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ भने ती क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

राति प्रदेश १ र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी्र)का माधवकुमार नेपालले राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरेका छन् । बुधबार

काठमाडौं । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको पाइएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा

काठमाडौं । नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ ।