असोज मसान्तभित्रै सहमतिमा पुगिने प्रचण्डको दाबी

१९ आश्विन २०६९, शुक्रबार १२:५४ मा प्रकाशित

काठमाडौं, १९ असोज । एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति सुशील कोइरालाबीच असोज मसान्तभित्रै विवादित विषय मिलाएर राष्ट्रिय सरकार बनाउने सहमति भएको बताइएको छ । प्रचण्ड र कोइरालाबीच शुक्रबार बिहानै
कोइराला निवास महाराजगञ्जमा भेटबार्ता भएको थियो । दुई नेताबीच नयाँ संविधान, निर्वाचन प्रक्रिया र सरकारलगायतमा सहमति गरेर जाने विषयमा परामर्श भएको दाबी गरिएको छ ।
भेटपछि प्रचण्डले कोइरालासंगको कुराकानी सकारात्मक रहेको प्रतिक्रिया दिंदै असोज मसान्त भित्रै राजनीतिक निकास निकालेर सहमतीय सरकार बनाउन दुबै दल सकारात्मक रहेको बताए । ‘उनले आफूहरु मुलुकलाई निकास दिन गम्भीर रहेको भन्दै पुनः शीर्ष नेताहरुबीचको सम्वाद शुरु भएको पनि जनाए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि एमाओवादी अध्यक्ष दाहालसँगको बार्ता सकारात्मक रहेको बताए । ‘
कांग्रेस र एमालेले प्रधानमन्त्री बाबुराम भट्टराईको सहज बहिर्गमनको माग गर्दै आएका छन् । एमाओवादी र मधेसी मोर्चाले विपक्षी दलहरुको सो मागलाई वेवास्ता गरिरहेका छन् । यस्तो परिवेशमा दलहरुलाई राष्ट्रपतिको दवाव पनि निकै बढेको अनुभूति गरिएको छ भने सहमति खोज्ने सन्दर्भमा प्रमुख दलका शीर्ष नेताहरु पछिल्लो समय पुनः सुस्ताएको अवस्था थियो ।
आज कांग्रेस सभापति कोइरालासंग भेटेर उत्साहित देखिएका प्रचण्डले तत्काल एमाले अध्यक्ष झलनाथ खनालसँग पनि परामर्श गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१