राजधानीमा खुल्यो कतारको दूतावास

१९ आश्विन २०६९, शुक्रबार १२:११ मा प्रकाशित

काठमाडौं, १९ असोज । कूटनीतिक सम्बन्ध स्थापना भएको ३५ वर्षपछि कतार सरकारले काठमाडौंमा राजदूतावास खोलेको छ। आवासीय राजदूतस्तरमा स्थापना भएको उक्त दूतावासले यही असोज २३ गतेदेखि औपचारिकरुपमा काम थाल्ने भएको छ।
राससका अनुसार कतार नेपाल सम्बन्ध अत्यन्त सुमधुर रहेको तथा यसलाई अझ प्रगाढ बनाउन आफ्नो सरकारले राजदूतस्तरीय दूतावास स्थापना गरिएको उक्त दूतावासका वित्त नियन्त्रक अहमद हमदानले बताए। केही दिनभित्रै प्रवेशाज्ञालगायत कन्सुलर सेवा प्रदान गर्ने तयारीका साथ दूतावास सञ्चालन हुने जानकारी दिँदै उनले नेपाली श्रमिकको माग आफ्नो मुलुकमा अत्यधिक रहेको उल्लेख गरे। कतारी राजदूतावाससँगै नेपालमा सञ्चालित कूटनीतिक नियोगको सङ्ख्या २७ पुगेको छ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार हाल कतारमा चारलाखभन्दा बढी नेपाली कार्यरत छन्। यसैवर्ष साउदी अरेबियाले पनि कार्यबाहक राजदूतस्तरमा यहाँ दूतावास सञ्चालन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार