किङफिसर कम्पनीले तलब दिन नसकेपछि…

१९ आश्विन २०६९, शुक्रबार १२:०२ मा प्रकाशित

काठमाडौं, १९ असोज । केही समयदेखि संकटमा परेको भारतको एक नीजि लगानीको एयरलाइन्स किङ्ग फिसरले आफ्ना कर्मचारीलाई तलब दिन नसकेको विषय यतिबेला निकै चर्चामा छ । यसरी कामको पारिश्रमिक नपाएपछि सम्वद्ध कर्मचारीका परिवारमा त्यसको नकारात्मक असर पर्न थालेको देखिएको भारतीय मिडियाहरुले जनाएका छन् ।
उक्त चर्चित एवं विवादास्पद हवाई कम्पनीमा कार्यरत एक कर्मचारी (इञ्जिनियर)की पत्नीले चर्को आर्थिक अभावकै कारण हालै आत्महत्या गरेपछि किङफिसर एयरलाइन्स कम्पनीको दूरावस्था थप प्रस्टिएको समाचारमा जनाइएको छ ।
विमान कम्पनीको ग्राउन्ड इन्जिनियरकी पत्नीले दक्षिण दिल्लीको मंगलापुरीमा आत्महत्या गरेकी हुन् भने कम्पनीले तलब नदिएकै कारण घर धान्न कठिन भएपछि आत्महत्या गर्नुपरेको मृतकले सुसाइट नोटमा उल्लेख गरेकी छिन्। प्रहरीका अनुसार किङ्गफिसरका कर्मचारी मानस चक्रवर्तीकी ४५ वर्षीया पत्नी सुस्मिता झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । झुन्डिएको देखेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो तर अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको थियो। उनी झुन्डिएकै स्थानमा भेटिएको सुसाइट नोटमा परिवारमा चरम आर्थिक अभाव भएको उल्लेख गरिएको छ।
पतिले लामो समयदेखि तलव ल्याउन नसकेका कारण घर चलाउन कठिन भएको त्यसैको तनावमा आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख गरिएको एजेन्सीहरुले जनाएका छन् ।
स्मरण रहोस, किङफिसर कम्पनीका मालिक विजय माल्या आफ्नो रंगीन र खर्चालु स्वभावका कारण सदैव विवाद र चर्चामा रहंदैआएका छन् भने कम्पनी टाट पर्ने अवस्थामा पुग्नुलाई भारतमा माल्याको व्यक्तिगत स्वभावसंग जोडेर हेर्ने पनि गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । चीनमा १०६ वर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार

टोकियो । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट संग डराइहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । उनले यो ‘ओमिक्रोन’