सहिद स्मारक लिग: सातदोबाटोको डेब्यू जित, थ्री स्टार स्तब्ध

१० मंसिर २०७८, शुक्रबार १५:११ मा प्रकाशित

काठमाडौं।सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज केसीको प्रशिक्षणमा रहेको सातदोबाटोले छिमेकी थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै शीर्ष डिभिजनको लिगमा पहिलो जित निकालेको हो ।

सातदोबाटोको जितमा सुदीप गुरुङले निर्णायक गोल गरे । ३०औं मिनेटमा अजयी मार्टिनको ‘कटब्याक‘ पासमा सुदीप गुरुङले पेनाल्टी बक्सबाहिरबाट हानेको प्रहारमा थ्री स्टारका गोलकिपर गुइलाउमे प्रिसो मूकदर्शक बनेका थिए । गत बर्ष पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोको यो पहिलो जित हो । अघिल्लो खेलमा सातदोबाटो फ्रेन्डससँग बराबरीमा रोकिएको थियो । खेलसँगै प्रशिक्षक मेघराजले आफ्नो पूर्वक्लबबिरुद्ध जित निकाल्न सफल भए ।

थ्री स्टारको भने यो पहिलो हार हो । लिगको पहिलो खेलमा थ्री स्टार च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित भएको थियो । बाँकी समय दुबै टोलीले गोलको केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा एक शून्यले अग्रता लिएको सातदोबाटो दोस्रो हाफमा झनै आक्रमक बनेको थियो । गोलको तीनवटा राम्रो अवसर सिर्जना गरे पनि सातदोबाटोका फरवार्डले गोलमा परिणत गर्न सकेनन् ।

७२औं मिनेटमा मार्टिनले पेनाल्टी बक्सभित्रबाट हानेको प्रहार थ्री स्टारको गोलकिपर प्रिसोले बचाइदिएका थिए । त्यसअघि निरज चौधरीले प्रहारलाई पनि प्रिसोले बचाइदिएका थिए । ८२औं मिनेटमा थ्री स्टारका विक्रम लामाले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ प्रहार थोरैले आकाशिएको थियो । विक्रमले निशान खड्काको कर्नर प्रहारमा हेडिङ गरेका थिए ।

जितसँगै दुई खेलबाट ४ अंक बनाएको सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ । आजै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार

काठमाडौं । नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट ‘सजिलो पे’ले बेच्ने भएको छ । शनिबार र मंगलबार दशरथ रंगशालामा साँझ

काठमाडौं । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन् । शुक्रबार बिहानकाे खेलमा दुबै

काठमाडौं । इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीवार राति घरेलु मैदानमा इराकलाई