सत्यनिरुपण आयोग नबन्दै प्रचण्ड र बाबुरामको मुद्दा फिर्ता

१९ आश्विन २०६९, शुक्रबार ०७:५३ मा प्रकाशित

काठमाडौं, १९ असोज । आफ्नो हातमा डाडूपन्यू परेको अवसरको लाभ उठाउंदै सरकारले प्रधानमन्त्री बाबुराम भट्टराई र सत्तारुढ माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्धको मुद्दा फिर्ता लिएको छ। दाहाल र भट्टराईसहित करिब तीन दर्जनविरुद्धको मुद्दा फिर्ता लिने निर्णय बिहिबारको मन्त्रीपरिषद बैठकले गरेको हो।
माओवादी प्रवक्ता अग्नि सापकोटा, पूर्वराज्यमन्त्री सूर्यमान दोङलगायत माओवादी नेताहरुविरुद्धको मुद्दा पनि बैठकले फिर्ता लिएको छ। स्रोतका अनुसार फिर्ता लिइएका अधिकांश मुद्दा हत्या, लुटपाट, अपहरण र हातहतियारसम्बन्धी छन्।
शान्ति प्रक्रियामा आएको छ वर्षभन्दा बढी समय नाघिसक्दा पनि युद्धकालका मुद्दा फिर्ता हुन सकेको थिएन। द्वन्द्वका घटनाहरुको अनुसन्धान गर्न सत्यनिरुपण तथा बेपत्ता खोजिबन आयोग नबन्दै मुद्दा फिर्ताको निर्णय गरिनुलाई विश्लेषकहरुले अस्वाभाविक रुपमा अथ्र्याएका छन्। सरकारले आयोग गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरे पनि स्वीकृत भएको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१