भट्र्राई सरकार बहिर्गमनलाई मुद्दा बनाएर आज एमालेले मुलुकभर प्रदर्शन गर्दै

१९ आश्विन २०६९, शुक्रबार ०३:११ मा प्रकाशित

काठमाडौं, १९ असोज । एमालेले राष्ट्रिय सहमतिका लागि भट्टराई सरकारको बहिर्गमन आबश्यक भएको बताउदै शुक्रबार देश ब्यापी दबाब मुलक प्रदर्शन र सभा गर्दैछ । राष्ट्रिय सहमतिको बाधक माओबादी र उसको नेत्रत्वको बाबुराम भट्र्राई सरकार भएको निष्कर्ष सहित बर्तमान सरकारको बहिर्गमनलाई मुद्दा बनाएर देश ब्यापी प्रदर्शन र सभा गर्न लागेको हो । आज आयोजना हुने उपत्यकाको प्रदर्शन र सभालाई एमाले शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने प्रदर्शन रत्नपार्कबाट सुरु भै बागबजार, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा, पाकोन्युरोड, वसन्तपुर, नरदेवी, बांगेमुढा, असन, भोटाहिटी हुँदै खुल्लामञ्चमा पुगेपछि सभामा परिणत हुनेछ । एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले सरकारको बहिर्गमन नहुन्जेल एमालेको आन्दोलन जारी रहने बताएका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी