डेमोक्र्याट उम्मेदबार राष्ट्रपति ओबामानै हाम्रो हितमा: युवा राजनीतिज्ञ रोजर अधिकारी

१८ आश्विन २०६९, बिहीबार २३:५४ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका ।  नेपाली मुलका युवा राजनीतिज्ञ रोजर अधिकारीले इमिग्रेन्टहरुको साझा मुद्दा शिक्षा, स्वास्थ्य र रोजगारमा सहज र सुलभ पहुँच निर्माण गर्ने डेमोक्र्याट उम्मेदबार राष्ट्रपति ओबामानै अल्प संख्यामा रहेका नेपाली समुदायको हितमा काम गर्ने नेता भएको हुदाँ उनलाई भोट दिनु उपयुक्त हुने विचार व्यक्त गर्नु भएको छ ।
युवा राजनीतिज्ञ रोजर अधिकारीले अल्प संख्यामा रहेका नेपाली समुदायको हितमा आसन्न राष्ट्रपतिको निर्बाचनका डेमोक्र्याट उम्मेदबार ओबामा कि रिपब्लिकन उम्मेदबार रम्नी ? भन्ने प्रश्नको जवाफ दिदैं आफु डेमोक्र्याट भएको अल्प संख्यामा रहेका र इमिग्रेन्टहरुका हितमा डेमोक्र्याट नै भोट दिन उपयुक्त दल भएको धारणा ब्यक्त गर्नु भएको हो । अधिकारीले पहिलो पुस्ताको नेपाली मुलका अल्पसंख्यक अमेरिकीहरु संख्याको गणना हेर्दा उपस्थिति देखिय पनि सामाजिक उपस्थिति छ भन्न सुहाउदो नरहेको बताउदै अमेरिकामा दर्बिलो उपस्थिति बनाउन यहाँको समिजिक, आर्थिक र सैक्षिक गतिविधिमा सहभागिता जनाउन नेपाली समुदायलाई आग्रह गर्नु भएको छ ।
उहाँले नेपाली समुदायको एजेन्डा भनेको व्यक्ति वा समुदायलाई यहाँको सामाजिक, आर्थिक र सैक्षिक हैसियत बनाउन योग्य बनाउनु भएको हुदाँ नेपाली मुलका संघ संस्थाहरुलाई यस क्षेत्रमा कम गरन समेत अनुरोध गर्नु भयो ।
नेपाली समुदाय कसरि अमेरिकी राजनीतिको मुलधारमा सहभागी र समाहित हुन सक्छन भन्ने हाम्रो अर्को पर्शंको जवाफमा अधिकारीले भन्नु भयो,’दक्षता, रुची र क्षमताको आधारमा आफु बसेको अमेरिकी समुद्यामा सक्रिय सहभागिता जनाउदै आफुलाई अमेरिकी समुद्यामा घुलमिल गर्ने र यो समाजमा सहभागिता जनाउने गरियो भने मात्रै अमेरिकी राजनीतिको मुलधारमा सहभागी हुने सकिने उहाँको भनाइ थियो ।

अधिकारीको भनाइ थियो, ‘अमेरिकाको सिक्षा, स्वास्थ्य, र सामाजिक जिबनसंग समाहित हुन नसकेको कारण नेपाली समुदाय पछाडी परेको छ र हाम्रो मानसिकता मूल देशको सामाजिक र राजनीतिक प्रभावमा छ त्यो मानसिकता बाट मुक्त हुन नसके सम्म न हामी अमेरिकन हुन सक्छौ न हाम्रो बिकाश उपस्थिति इज्जतदार बन्न सक्छ।’ अधिकारीका अनुसार नेपाली समुदायलाई अमेरिकी मुलधारमा इन्ट्रीगेट गर्न एनआरएन साझा फोरम हुन सक्छ जसले नीति तय गरेर समन्वय गर्दै अघि बढ्नु पर्यो ।

नेपाली समुदायको बिकाश हुन नसक्नुको कारण मूल देश नेपाल छाडी सक्दा पनि नेपाली मानसिकता त्याग्न नसक्नु हमोर कमजोरी हो जसको कारण हामी यहाँको मुलधारमा समाहित हुन सकिरहेका छैनौ भन्दै अधिकारीले अगाडी भन्नु भयो, नेपालका मुलका अमेरिकीहरुले बुझ्नु जरुरि छ अमेरिकी समुदाय र यहाँको नीति नियमले हाम्रो जीवनको प्रत्यक पल प्रभावित हुन्छ र हाम्रा आउने दर सन्तानको भबिष्य पनि । अमेरिकी समुदायसंग घुलमिल हुन सकेनौ भने राजनीतिक र सामाजिक रुपले हामी अझै पछी पर्छौ । त्यस कारण हामी अमेरिकन हौँ भन्ने भावनाका साथ् नेपाली समुदाय र यसका हितमा लाग्न जरुरि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन