ब्रुनाइमा भयबाद बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ आश्विन २०६९, बिहीबार १९:४३ मा प्रकाशित

नरेश नाति, ब्रुनाइ । गत ०३ अक्टुबरको साँझ ब्रुनाइ स्थित सेरियामा भएको भयबाद सम्बन्धी अन्तरकृया कार्यक्रम बिशेष रुपमा सम्पन्न भयो । भयबादको पर्बर्तक देश सुब्बाको हङकङबाट अनलाईन सम्पर्क रहेको थियो। कार्यक्रममा प्रबर्तक देश सुब्बाले भयबाद सबन्धी गहिरो र लामो चर्चा परी चर्चा गर्नु भएको थियो। भयबादको अर्थ र प्रयोग, यसको प्रकार र प्रकृया, सुरुवात र सङ्क्रमण साथै यसको स्रोतहरुको बारेमा उदाहरणसँग सबिस्तार व्याख्या र जानकारी दिनु भएको थियो।
पाश्चात्य चिन्तनमा मार्क्सबाद्को दरिलो दर्शन व्याख्या, मास्लोको सिदान्त र डेरिडाको चर्चा साथै जिजीबिशाको प्रबल इच्छाले चेतनामा भयको जिबाणुहरु एकत्रित भएर मानब मस्तिस्क सधैं भयवित रहने कारणहरुको सुन्दर र सटिक बिस्लेशण गर्नु भएको थियो। कार्यक्रमको दोस्रो चरणमा ब्रुनाइका साहित्यिक चिन्तकहरुबाट प्रश्नोत्तर कार्य पनि भएको थियो। जसमा विश्वास दीप तिगेला, किशन राइ, निर्मला परीबेश राइ, निलम आम्बुहाङ राइ, दिपा लिम्बु राइ, नरेशनाती, सन्जिब राइ, सन्जु केरुङ र भुमीराज राइ जस्ता ब्यक्तित्वहरुबाट भयबाद सबन्धी बिभिन्न कोणबाट प्रश्न गरिएको थियो। बिभिन्न सिदान्त, दर्शन र बाद अर्थात मतहरुको चर्चा र दृष्‍टिकोण झन्डै ३ घण्टा सम्म जारी रहयो।बौदिक र तर्किक जमघटको यो अन्तर्कृया ब्रुनाइमा एक महत्वपूर्ण रुपमा भएको यो बादहरुको पहिलो चर्चामा उपन्यासकार तथा चिन्तक देश सुब्बालाई हार्दिक धन्यवाद ग्यापन गर्दछौ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति