अमेरिका नेपाल व्यवसायी संघद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

१८ आश्विन २०६९, बिहीबार १९:३८ मा प्रकाशित

प्रकाश थापा, अमेरिका । हालै गठित अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ कमर्स ) ले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य शँकर पाण्डेको बिशेष उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । संघका अध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य शकर पाण्डेले यो अमेरिका नेपाल व्यवसायी संघले अमेरिकामा नेपाली व्यापारीहरुको हकहितको लागी काम गरोस र यसबाट नेपाली व्यवसायीले फाईदा लिन सकोस भन्दै नेपाली व्यवसायीको अमेरिकामा रहेका नेपाली ब्यबसायीको हक हीतका लागी आफुले उद्योग बाणिज्य महासंघ नेपाल र अमेरिकन सरकार संग पहल गर्ने बताउनु भयो ।

भेटका अवसरमा अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको अवस्था, उनिहरुले गरेको लगानी, व्यवसायीहरुलाई आईपर्ने समस्या र व्यवसायीहरुको हकहित र फाइदाको लागी गर्नु पर्ने सहयोग संवन्धि विषयमा छलफल भएको थियो । छलफलमा बोल्दै संघका अध्यक्ष श्री मोहन ज्ञवालीले यो संस्था एक गै्ह राजनितिक, विशुद्ध मुनाफारहित संस्था हो र नेपाल उधोग बाणिज्य महासंघ बिच आवश्यक समन्वय र सहयोगका लागी पहल गरिदिनुहुन केन्द्रिय सदस्य शकर पाण्डेलाइ अनुरोध गर्नुभयो । व्यापारिक हितको लागी यो संस्था गठन भएकोले नेपालमा अमेरिकन लगानि भित्रयाउने महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट पार्नु भयो।

छलफलका क्रममा सचिव प्रकाश थापाले संघले हाल सम्म ३१वटा विभिन्न राज्यबाट २४० व्यपारीहरुले आवद्धता जनाइसकेको बताउनु भयो भने समाज सेवी डा. तारा निरौलाले अमेरिकाभर छरिएर रहेका व्यवसायीहरुलाई एकजुट हुन आव्हान गर्दै यसले व्यपारीहरुको हकहित, सुरक्षाका लागी पहल गरोस भन्दै आफूले हरेक कदममा साथ दिनेछु भन्नुभयो । त्यसैगरि कानुन व्यवसायी दुर्गा भुर्तेलले नेपालमा अमेरिकनले लगनी गर्न धेरे बाधहरु रहेकोले नेपाल सरकारले त्यसतर्फा बाताबरण बनोस भन्दै सबै व्यवसायी साथीहरुलाई एकैसाथ समेटेर लान सुझाव दिनुभएको थियो भने केन्द्रिय सदस्य वेद प्रसाद खरेलले संघले छरिएर रहेको दक्षता सिप र लगानिलाई एकै साथ प्रयोग गर्न सके अधिकतम फाईदा हुने बताउनु भएको थियो । कार्यक्रममा युएनडिएफका अध्यक्ष सिता खरेल, पसुपती गुरुप का प्रेसिडेन्ट सरोज श्रेरेस्ट लगायतकाले अमेरिका नेपाल व्यवसायी संघले व्यपारीहरुको हकहित, सुरक्षाका लागी पहल गरोस भन्दै आफूले हरेक कदममा साथ दिन्छौ भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

आजको प्रमुख समाचार