सशस्त्र संघर्षको पूर्वतयारी गर्दै माओवादी (समाचार विश्लेषण)

१८ आश्विन २०६९, बिहीबार १८:४८ मा प्रकाशित

काठमाडौं, १८ असोज । नेकपा–माओवादीले भारतीय सवारीसाधनको आवागमन र हिन्दी सिनेमाको प्रदर्शनमा रोक लगाउन गरेको प्रयासले नेपालदेखि भारतसम्म ठूलो तरंग ल्याएको छ । सरकारविरुद्धको सङ्घर्षमा नेपाली काङ्गे्रस र एमालेलगायतका दलहरूसंग सहकार्य गर्न इच्छुक माओवादीले अचानक भारतविरुद्ध ‘संघर्ष’ सुरु गरेपछि उसको सहकार्य–प्रयास संकटमा परेको छ । कांगे्रस र एमालेलगायतका दलहरूले माओवादीको यस्तो कार्यको विरोध गरेका छन् । विपक्षीहरूको समेत विरोध भएपछि ग्यास र औषधि लिएर नेपाल प्रवेश गर्ने भारतीय नम्बरप्लेटका सवारीसाधनहरूलाई आवागमनमा छुट दिने निर्णय माओवादीले लिएको छ । यस सम्बन्धमा माओवादी प्रवक्तासमेत रहेकी नेतृ पम्फा भुसालको ध्यानाकर्षण गर्दा उनले राष्ट्रियताको विषयमा आफूहरू गम्भीर रहेको र अब पछि हट्ने स्थिति नरहेको जनाइन् । नेपालमा अमेरिकी ‘बेसक्याम्प’ राख्न भइरहेको प्रयासलाई आफूहरूले पछाडि धकेलिदिएको दाबी पनि उनले गरिन् । माओवादीसम्बद्ध एक सूत्रले दाबी गरेअनुसार अमेरिकाले नेपालमा ‘बेसक्याम्प’ राख्ने प्रक्रिया अघि बढाउन चाहेको छ र बाबुराम नेतृत्वको सरकार अमेरिकालाई सहयोग गर्न तत्पर भएपछि एमाओवादीमाथि लगाइएको आतंककारीको बिल्ला अमेरिकाले हटाइदिएको छ । तर, अमेरिकाले नेपालको कुन ठाउ“मा र कहिलेदेखि ‘बेसक्याम्प’ खडा गर्न चाहेको सो भने सूत्रले स्पष्ट पार्न सकेन । अमेरिकी सक्रियतालाई माओवादीले चीनविरोधी गतिविधिका रूपमा परिभाषित गरेको छ र सरकारसमक्ष प्रस्तुत ७० सूत्रीय मागमा पनि उक्त पार्टीले चीनविरोधी गतिविधि नेपालमा गर्न दिन नहुने उल्लेख गरेको छ ।
नेकपा माओवादीले भारतीय सवारीसाधन र हिन्दी गीत–सङ्गीत तथा सिनेमामाथि धावा बोलेर एकैपटकमा प्रचण्ड–बाबुराम, अमेरिका र भारतलाई समेत चेतावनी दिन खोजेको देखिन्छ । कांगे्रस र एमालेले खुट्टा टेक्न नसक्ने ठहर गर्दै उक्त पार्टी राष्ट्रियताको आन्दोलन एक्लै भए पनि अघि बढाउने निष्कर्षमा पुगेको बताइन्छ । यस सम्बन्धमा नेतृ भुसालको भनाइ छ, ‘राष्ट्रियताजस्तो विषयमा कोही–कसैसित कुनै प्रकारको सम्झौता हुन सक्दैन । कतिपय दलहरू विदेशीसंग डराएर खुट्टा कंपाए पनि नेपाली जनताले हाम्रो आन्दोलनलाई साथ दिनेछन् ।’
ठूलाठूला शक्तिसंग तपार्इंहरू एक्लै लड्न सक्नुहोला त भन्ने प्रश्नमा नेतृ भुसालको जवाफ थियो, ‘हामी कसैले ‘प्रोवोक’ गरेर ‘प्रोवोक’ हुनेवाला छैनौं । जनताको साथ भएपछि राष्ट्रियताको निम्ति चल्ने आन्दोलनले सफलता प्राप्त नगरी छोड्दै–छोड्दैन ।’ हतियार पनि उठाउनुहुन्छ कि भन्ने जिज्ञासामा उनको भनाइ छ, ‘हामी अहिले सशस्त्र युद्धको पक्षमा छैनौं, तर राष्ट्रका लागि जीवन बलिदान गर्न तयार छौ“ ।’ नेतृ भुसालले अहिले सशस्त्र युद्धको पक्षमा नरहेको बताए पनि एक अर्को सूत्रले जनाएअनुसार नेकपा माओवादीले भित्रभित्रै सशस्त्र युद्धको पूर्वतयारी भने गरिरहेको छ । उक्त पार्टीले विगतमा युद्धकार्यमा कुनै न कुनै रूपले सक्रिय रहेका लडाकुलाई पुनः संगठित गर्ने कार्य उच्च प्राथमिकताका साथ गरिरहेको छ । लडाकु पुनः संगठित गर्ने जिम्मेवारी माओवादीका प्रभावशाली नेता नेत्रविक्रम चन्द विप्लवले लिएका छन् । विप्लव जनस्वयम्सेवक ब्युरोका प्रमुख हुन्, उनले पूर्वलडाकु, वाईसीएल, मजदुर र विद्यार्थी फांटमा काम गरेका युवाहरूलाई संगठित गर्ने काम गरिरहेका छन् ।
नेकपा–माओवादीले यतिबेला संगठन निर्माणमा आफूलाई केन्द्रित गरेको छ । आगामी पुसमा महाधिवेशन सम्पन्न गरेपछि एउटा सशक्त राजनीतिक दलका रूपमा नेकपा माओवादी राष्ट्रिय राजनीतिमा क्रियाशील रहने उक्त दलका नेताहरूले जनाएका छन् । सकेसम्म सशस्त्र आन्दोलनमा नजाने, तर शान्तिपूर्ण आन्दोलनले सकारात्मक परिणाम हासिल गर्न नसके पुनः सशस्त्र सङ्घर्षमा उत्रने सोचका साथ माओवादीले संगठन निर्माण एवम् विस्तारमा जोड दिइरहेको छ । भारतीय नम्बर प्लेटका सवारीसाधन र हिन्दी गीत–सङ्गीत तथा सिनेमा प्रदर्शनमा रोक लगाउंदा आफ्नो पार्टीप्रति सबैको ध्यान आकर्षित भएको माओवादी नेतृत्वको ठहर छ । एमाओवादीभन्दा माओवादी के कुरामा अन्तर छ भन्ने देखाउनका लागि पनि उक्त ‘कार्यक्रम’ गरेको सम्बन्धित पक्षको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ