अन्ततः एमाले असन्तुष्टहरुले छोडे ‘माउथलो’

१८ आश्विन २०६९, बिहीबार १८:१९ मा प्रकाशित

काठमाडौं, १८ असोज । एमाले उपाध्यक्ष अशोक राईसहित राज्य पुनसंरचनाको विषयमा असन्तुष्ट जनजाति तथा मधेसी नेताले बिहिबार पार्टी त्याग गरेको घोषणा गरेका छन्। सो पार्टीका पोलिटब्यूरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्यहरु राजेन्द्र श्रेष्ठ, वीरबहादुर लामा, रकम चेम्जोङ, अजम्वर राई काम्राङसमेतले एमाले पार्टी त्यागेका हुन्।
उपरोक्त जनजाती नेताहरु एमालेभित्र अत्यन्त प्रखर र भविष्य बोकेका नेता मानिन्थे । उनीहरुसंगै पूर्व सभासद्हरु रिजवान अन्सारी, गोपाल ठाकुर, मंगलसिद्धी मानन्धर, राजकुमार राई, जोगीलाल यादव, पासाङ शेर्पा, लक्की शेर्पा, उर्मिलादेवी साह, भगवती चौधरी, डम्बर सिंह सम्बाहाम्फे, हितकाजी गुरुङले पनि पार्टी छाडेका छन् । पार्टीपरित्याग घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अशोक राईले सबै राजनीतिक दलमा एउटै जातिको वर्चश्व रहेको आरोप लगाउंदै सबै जातिलाई समेटेर नयाँ राजनीतिक दल गठन गरिने बताए। कार्यक्रममा ६१ जिल्लाका ५ सय १७ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेको जानकारी गराइयो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो