छोरो बेचेर मोबाइल

१८ आश्विन २०६९, बिहीबार १८:०५ मा प्रकाशित

काठमाडौं । मोबाइल फोन आवश्यकताको साधन बनेकोमा शंका गरिरहन पर्दैन, तर यसको क्रेज कतिपय मानिसमा भूतजस्तै सवार हुनुलाईचाहिं आश्चर्यकै रुपमा लिनुपर्ने हुन्छ । यस्तै उदेकलाग्दो घटना भारतको उडिसा राज्यमा घटेको छ ।
भारतको उडिसास्थित जाजपुर जिल्लामा राक्षी नाम गरेकी एक महिलाले आफ्नो मोबाइलका लागि आफ्नो काखेछोरो नै बेचेको घटना प्रकाशमा आएको छ । ती महिलाले डेढवर्षे छोरोलाई जम्मा ५ हजार भारुमा बचेर मोबाइल किनेकी हुन् । महिलाले छोरो बेचेर आएको ५ हजारमध्ये १४ सयको एक मोबाइल फोन, ११ सयमा दुई जिन्ससहितका कपडा र ५ सय रुपैयाँ वकिललाई दिएकी एजेन्सीहरुले जनाएका छन् । उनका श्रीमान जेलमा रहेकाले तिनलाई छुटाउन उनले वकिललाई ५ सय दिएकी हुन् ।
स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार शुक्रबार उडिशा हाइकोर्टले आफ्नोतर्फबाट एक पीआईइएल दर्ता गर्दै बच्चा खोज्न आमालाई बुझाउन जजापुर अदालतलाई आदेश दिएको थियो । अदालतको आदेश अनुसार प्रहरीले बच्चलाई कटक जिल्लाको नुआवटना गाउँका बाबुला बेहेराको घरमा भेट्टाएको थियो । बेचिएको बच्चालाई लिएर जाँदा राक्षीले लिन अस्वीकार गरेको जाजपुरका एसपी दीपककुमारले बीबीसीको हिन्दी शंस्करणलाई भनेका छन् । त्यसपछि बच्चालाई हाल बा कल्याण समितिको जिम्मा लगाइएको छ । आफ्नै सन्तान बेच्ने राक्षीविरुद्ध प्रहरीले मुद्धा चलाएको छ भने परिवारले राक्षीलाई त्यागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बस्नुभएको छ । बाढीले बेसहारा बनाएकाले छिमेकीको

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाएका

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले