लक्ष्मण थारुको पार्टी मजफो लोकतान्त्रिकमा विलय

१८ आश्विन २०६९, बिहीबार १७:५१ मा प्रकाशित

काठमाडौं, १८ असोज । आफ्नो सुदुरपश्चिम दौडाहालाई उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले राजनीतिक उपयोगमा प्रयोग गरेका छन् । लक्ष्मण थारुको नेतृत्वमा रहेको थरुहट तराई पार्टीलाई गच्छदारले आफ्नो पार्टी मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)मा औपचारिकरुपमै विलय गराएपछि यस्तो टिप्पणी गरिएको हो ।
गच्छेदारको कसरतपछि बिहीबार दाङको लमहीमा आयोजित एउटा सभामा थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले अब आफ्नो पार्टी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा समाहित भएको घोषणा गरे। फोरम लोकतान्त्रिक उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको पार्टी हो भने माओवादीबाट छुट्टिएर थरुहट गठन गरेका लक्ष्मण थारुले थरुहट तराई पार्टीको नेतृत्व गरेका थिए।
देउखुरीमा भएको पार्टीप्रवेश तथा आमसभामा बोल्दै लक्ष्मण थारुले अब जातीय उत्पीडन तथा मधेसी, आदिवासीहरुको हकअधिकारका लागि फोरम लोकतान्त्रिकले मात्रै नेतृत्व गर्नसक्ने बताए। उनले अब थरुहट तथा मधेशका प्रदेशका लागि दुई मोर्चा एकै भएर लड्ने घोषणा पनि गरे।
सोही सभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बरिष्ठ नेता पनि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेको घोषणा गरे। पहिला लक्ष्मण थारुसँगै मिलेर थरुहट पार्टी खोलेका योगेन्द्र चौधरी चार वर्षअघि गठन भएको संघीय लोकतान्त्रिक मञ्चमा गएका थिए।
सभालाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले अब तमाम उत्पीडन र मतभेदलाई समाप्त गरेर राष्ट्रिय राजनीतिमा हाम्रो निर्णाक अधिकार स्थापित गर्नुपर्छ भन्दै आफूहरु कुनै जाती वा क्षेत्रीय पार्टी नभएर मधेशी, जनजाती, तराईवासी, पहाडी, हिमाली सबैलाई समेटेर राष्ट्रिय पार्टी बनाउन अघिबढेको उदघोष गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार