नुवाकोट एमालेका दुई नेता बेपत्ता, माओवादीले अपहरण गरेको आशंका

१८ आश्विन २०६९, बिहीबार १७:४४ मा प्रकाशित

काठमाडौं, १८ असोज । नेकपा एमालेका नुवाकोट जिल्लानेताद्वय गणेश तामाङ र धन तामाङ तीत दिनदेखि बेपत्ता भएका छन् । उनीहरु अचानक बेपत्ता भएपछि परिवारजन र स्थानीय एमालेतप्कामा अनेक आशंका छाएको बताइएको छ । नुवाकोट देउराली गाविस घर भएका क्रमशः २२ र २५ वर्षिय युवा एमालेका सक्रिय नेता रहेको बताइएको छ ।
२२ वर्षीय गणेश तामाङ नेकपा एमाले ३ नम्वरका क्षेत्रीय कमिटी सदस्य र २५ वर्षीय धन तामाङ एमाले देउराली गाउँ कमिटीका अध्यक्ष हुन् । बेपत्ता भएपछि उनीहरुका आफन्तले खोजी गरिदिन सबैसँग अपील गरेका छन् ।
गत सोमबार दिउँसो देउराली प्रहरी चौकीमा भएको छलफलमा उनीहरुमाथि नेकपा–माओवादीका कार्यकर्ताले कुटपिट गरेका थिए । यसरी अचानक उनीहरु हराउनुमा माओवादीकै हात रहेको नुवाकोट एमालेले आशंका गरेको छ ।
गणेशलाई नौ जना र धनमलाई सात जनाको समूहमा आएका नेकपा–माओवादीका समर्थकले ‘वैठक छ जानु प¥यो’ भन्दै लिएर गएको एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले जानकारी दिए । उनले नेकपा–माओवादीले अध्यक्ष धन र सदस्य गणेशलाई अज्ञात स्थानमा राखेको आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने सामान्य विवादका कारण दुवै पक्ष देउराली प्रहरी चौकीमा आएको र त्यसपछि परिवारको सम्पर्कमा नरहेको जनाएको छ । बेपत्ता दुबै जनाको मोवाइलको स्वीच तीन देखि अफ रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार