अब प्रहरीको काम पनि रोबोटले गर्ने

१८ आश्विन २०६९, बिहीबार १७:२९ मा प्रकाशित

काठमाडौं । दिनप्रतिदिन ‘यान्त्रिक’ हुंदै गएको विश्वमा बांचिरहे के के देख्न र सुन्न पाइन्छ भन्ने कुरा अनुमान गरीसाध्य नै छैन । मानिसले गर्ने काम मेसिनले नै गर्ने भएपछि मानिस अल्छी बन्दै गएका छन् र यसले भविष्यमा अनेक दुस्प्रभाव पार्ने सम्भावना पनि बढाएको छ । यसैक्रममा केही वर्षभित्रैमा विश्वमा सडक आसपासमा ड्युटी गर्ने, गाडिको चेकिङ गर्ने, ट्राफिक नियन्त्रण गर्ने तथा चोरहरुलाई धरपकड गरी नियन्त्रणमा लिने काम रोबोट अर्थात् यन्त्रमानवले गर्ने वैज्ञानिकहरुलाई हवाला दिएर विभिन्न एजेन्सीले जनाएका छन् ।
झ्वाट्ट सुन्दा अपत्यारिलो लागे पनि अमेरिकी वैज्ञानिकहरु यस्तो रोबोटको विकाशमा जुटिरहेका छन् जसले पुलिसको काम गर्नेछ र चोर डाँकाहरुलाई नियन्त्रणमा लिनेछ । फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहले यस्तो चोर समाउने रोबोटको निर्माण छिटै सम्भव हुने दाबी गरेका हुन् ।
यो रोबोटको खास विशेषता भनेको के हो भने यसले साँच्चीकै मानिस पुलिसले जे काम गर्छन् त्यसका अलवा अन्य धेरै काम पनि गर्न सक्छ । यो रोबोटले एक अर्थमा मानवीयतालाई पनि सम्बोधन गर्ने यसको निर्माणमा जुटेकाहरु बताउँछन् । खासगरी विभिन्न दुर्घटनामा परेर अपांग बन्दै सेवाबाट अवकाश पाएका प्रहरीहरुलाई यस्तो रोबोट संचालनको जिम्मा दिएर पुनः सेवामा फर्काउन यो रोबोटले सहयोग पूराउने शोध टोलीका प्रमुख जेरमी रविन्सको दाबी छ । प्रयोगशालामा बनाइएको रोबोट पुलिसले सडकमा चौकिदारी गर्ने, आपतकालिन फोन कल अनुसार कारवाही अघि बढाउने, सडक नियम तोड्नेमाथि जरिवाना लगाउने तथा परमाणु उर्जा संयन्त्रहरु जस्ता सम्वेदनशील क्षेत्रमा समेत उचित निगरानी राख्ने बताइएको छ ।
वैज्ञानिकहरु यस्ता रोबोट पुलिस साँच्चीकै पुलिस जस्तो जिउडालका देखियुन् र उनीहरुको अनुहार पनि हँसिलो देखियोस् भन्नेमा मेहनत गरिरहेका छन् । यसो गर्नुको मतलबचाहिं पाँच वर्षको बच्चाले पनि उक्त रोबोट पुलिस सँग सहयोग माग्न सकोस् भनेर हो । वैज्ञानिकहरु रोबोट पुलिसको मुहारमा मुस्कान ल्याउन सक्ने हुन् कि होइनन्, त्योचाहिं अझै अनुमानकै विषय बनेर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । सन् २०२० को सुरुवातमा विश्वभर कोरोनाभाइरसको महामारी फैलियो । कोरोनको कहरकाबीच विश्वका केही स्थानमा ५जी मोबाइल टावरमाथि हमला

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा र इन्टरनेट सेवा प्रदायक कम्पनीकाे मनपरी नियन्त्रण गर्न र गल्ती गर्नेलाई तुरुन्त कारबाही

काठमाडौं ।फेसबुककी एक पूर्वकर्मचारीले फेसबुक कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पुर्‍याउने, सम्बन्ध बिगार्ने र मुलुकको प्रजातन्त्रलाई कमजोर बनाउने गरेको

न्युयोर्क । करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् । अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले

आजको प्रमुख समाचार