अष्ट्रेलियामा तीन कलेज बन्द हुंदा भारतीय विद्यार्थी प्रभावित

१८ आश्विन २०६९, बिहीबार १७:१३ मा प्रकाशित

काठमाडौं, १८ असोज । तालिमको स्तर पूरा नगरेको भन्दै अस्ट्रेलिया सरकारले व्यावसायिक शिक्षा दिने तीन कलेज बन्द गरेको छ। भिक्टोरिया र न्यु साउथ वेल्सका कलेजहरु बन्द गरिएका हुन्। अस्ट्रेलियन स्किल क्वालिटी अथोरिटीले गरेको अनुगमनपछि तीन कलेजहरु बन्द गरिएका हुन्। बन्द गरिएको कलेजहरुमा ५ सयभन्दा धेरै भारतीय विद्यार्थी रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। नेपालबाट प्राविधिक शिक्षाकै लागि अस्ट्रेलिया जाने गरेको भएपनि नेपाली विद्यार्थी प्रभावित भए नभएको भने खुल्न सकेको छैन।
ती कलेजहरुले अस्ट्रेलिया र विदेशबाट पढ्न आएका विद्यार्थीहरुलाई पुरयाउनुपर्ने गुणस्तर पूरा नगरेको भेटिएको थियो। अथोरिटीले पटक पटक गरेको अनुगमनका आधारमा यस्तो निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा

काठमाडौँ – रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका

दोहा । अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन–पर्सन बैठकका क्रममा तालिबानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त