गच्छेदारको अभिव्यक्तिविरुद्ध सुदूरपश्चिमका सरकारी कार्यालय बन्द

१८ आश्विन २०६९, बिहीबार १७:०४ मा प्रकाशित

कैलाली, १८ असोज । उपप्रधान एवं गृहमन्त्री विजय गच्छदारले अखण्ड सुदूरपश्चिमको विपक्षमा अभिव्यक्ति दिएपछि आक्रोशित स्थानीयले बिहिबार धनगढीका सम्पूर्ण सरकारी कार्यालय बन्द गराईदिएका छन् ।
बन्दका क्रममा उनीहरुले सरकारी सवारी साधनलाई पनि आवागमनमा अबरोध पुरयाए । सुदूरपश्चिमबाट कैलाली र कञ्चनपुर जिल्ला टुक्राएर थरुहट प्रदेश बनाउने विवादास्पद अभिव्यक्ति दिएपछि कैलालीमा आक्रोश उत्पन्न भएको हो ।
गच्छेदारले मंगलबार फुलवारीमा संघीय राज्य निर्माण गर्ने क्रममा कैलाली र कञ्चनपुरलाई थरुवान राज्यमा राख्ने अभिव्यक्ति दिएका थिए । अखण्ड सुदूरपश्चिम एकता समाजले सो अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राखेको छ ।
समाजका हरि रेग्मीले कैलालीमा आएर स्थानीयको भावनाविपरित अभिव्यक्ति दिने गच्छेदारले माफि नमागेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
नारावाजीसहित पुगेका बन्दकर्ताले विभिन्न सरकारी कार्यालयमा तालाबन्दी गरेपछि कामकाज प्रभावित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु