बाबुराम सरकार बस्नेतको बढुवा गर्न बाध्य

१८ आश्विन २०६९, बिहीबार १५:१६ मा प्रकाशित

काठमाडौं, १८ असोज । नेपाली सेनाका राजु बस्नेतलाई पूर्वाग्रहवश बढुवा नगर्ने प्रपञ्च अन्ततः असफल भएको छ । मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले नेपाली सेनाको साहायक रथी र महासेनानीमा ५ ५ जनाको बढुवा गरेको छ, जसमा राजु बस्नेतका साथ प्रभुराम शर्मा, विजयध्वज कार्की, समीर शाही र सूवर्णबहादुर महतलाई साहायक रथीमा बढुवा गरिएको छ । त्यस्तै बाबुराम श्रेष्ठ, अरुणकुमार पाल, प्रदिपजंग केसी, निरज पौडेल र सन्तोष ढकाललाई सरकारले महासेनानीमा बढुवा गरेको छ ।
बिहिबारकै बैठकले राष्ट्रिय स्वास्थ्य सञ्चार नीति २०६९ पारित र शासकीय सुधार कार्य योजना २०६९ स्वीकृत गरेको छ भने जलसंशाधन विकास कार्यक्रम सञ्चालनका लागि एडीबीले दिने ९६ करोड रुपैयाँ अनुदान स्विकार गर्ने निर्णय पनि गरेको छ। यस्तै, चाडबाडका बेला देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्न स्विकृति दिनुका साथै दसैं, तिहार र छठ पर्वका बेला चिनी आपूर्ति कम हुन नदिन र मूल्य घटाउन नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङलाई भन्सार छुटमा २० मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार