तरुण दलको महाधिवेशन माघ २० मा

१८ आश्विन २०६९, बिहीबार १४:५४ मा प्रकाशित

काठमाडौं, १८ असोज । कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको महाधिवेशन आगामी माघमा हुने भएको छ । माउ पार्टी कांग्रेसले नै महाधिवेशनको तिथि माघ २० मा गर्नेगरी तोकिदिएको हो । दलको गाउँ, नगर र जिल्लाका अधिवेशन पुस २० गतेसम्म सकिसक्ने तरुण दलका अध्यक्ष उदयशमशेर राणाले जानकारी दिए। असोज १४ र १५ गते बसेको तरुण दल केन्द्रीय समितिको बैठकले उक्त मिति तय गरेको बताइएको छ ।
‘युवा सोच र जोशले बन्छ देश अवश्‍य, टोलटोलमा बनाउँ तरुण दलको सदस्य’ मूल नाराका साथ महाधिवेशनको तयारी चलिरहेको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
त्यस्तै सरकारले युवा स्वरोजगारको नामम विभिन्न सहकारी संस्थालाई अर्बौं रुपियाँ दिएको विरुद्ध अख्तियारमा उजुरी दिने निर्णयसमेत तरुण दलले गरेको अध्यक्ष राणाले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार