एनसेल कार्यालयमा आगलागी

१८ आश्विन २०६९, बिहीबार १०:२४ मा प्रकाशित

काठमाडौं, १८ असोज । फर्निसिङको काम भइरहेको सिरहा १ स्थित एनसेल सेन्टरमा बिहिबार आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको र आगलागीबाट करिब पचास लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। तर एनसेलले भने सेन्टरमा जडान गरिएको एयरकन्डिसनर, व्याट्री इन्भर्टर, युपीएस, कम्पयुटर, लगायतका सामान गरी करिब एक करोड क्षति भएको दावी गरेको छ।
आगलागीले घरको भिता समेतमा क्षति पुगेको छ। छेउमै रहेको हिरो मोटरसाइकल सोरुममा पनि सामान्य क्षति पुगेको छ। आगो स्थानीयबासी, प्रहरी, नेपाली सेना र लहानवाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्